१४ आश्विन २०८१ सोमबार
image/svg+xml

दीपक मनाङेविरुद्ध एन्फा कास्की अध्यक्ष गुरुङको उजुरी

प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेबाट कुटिएका कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार प्रहरीमा जाहेरी दिएका छन्।

दीपक मनाङेद्वारा एन्फा कास्की अध्यक्ष गुरुङलाई मञ्चमै मुक्का प्रहार

गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका छन्। गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन्।

मनाङमा चार जना चिनियाँ पर्यटक सम्पर्कविहीन

अन्नपूर्ण फेरोको पदमार्गमा रहेका चारजना चिनियाँ पर्यटक पनि मनाङ खण्डबाट सम्पर्कविहीन भएका छन्। सञ्चार सम्पर्क नहुने क्षेत्रमा ती पर्यटक रोकिएको हुनसक्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। हिमपातले पदमार्गको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद छ।

अवसर गुमाउँदा मनाङ तेस्रोमै

उपाधि होडमा रहेको मनाङका रक्षक सुरज विश्वकर्मा ७२औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।

मनाङमा तापक्रम माइनस ९, गोरखामा दुई फिट हिउँ

दुईदिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन बढी प्रभावित भएको छ। त्यस्तै अर्को जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कठिनपूर्ण बनेको छ। गोरखाको माथिल्लो क्षेत्रमा दुईफिट हिउँ जमेको स्थानीयले बताएका छन्। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले बताएको छ।

शहीद स्मारक लिगः अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ। तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो।

मनाङको विजयी सुरुआत

मनाङले ३४ मिनेटभित्रै दुई गोल गरेर विभागीय टोलीविरुद्ध फराकिलो नतिजा निकाल्ने लक्ष्य देखाए पनि त्यसमा सफल भएन।

हिमपातले मनाङ र मुस्ताङ सेताम्य (फोटो फिचर)

हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।

देशभर चिसो बढ्यो, हिमाली जिल्लामा हिमपात

पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ।

मुगाबे राष्ट्र नायक घोषित

देशको स्वतन्त्रता अगाडी वा पछाडी मुगाबेले देश र जनताका लागि ठूलो योगदान गरेको भन्दै वर्तमान राष्ट्रपति मनाङगावाले उनको स्मरण गरे। उनले पूर्वराष्ट्रपति मुगाबेलाई आफ्नो गुरु र सल्लाहकारको संज्ञा पनि दिए।

गण्डकी प्रदेशसभामा नेकपाको दुइतिहाइ, मनाङेलाई राताे कार्पेट

वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका उनले लामो समयसम्म सांसद पदको शपथ लिन पाएनन्। यो विषयलाई लिएर उनी सर्वोच्च अदालत पुगे। सर्वोच्चले बाटो खुला गरिदिएपछि उनले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते शपथ लिएका थिए।

'दिपक मनाङ्गे'सहित विप्लवको किसान महासंघका कास्की संयोजक नेकपा प्रवेश

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।

सुखद अन्त्यको लक्ष्यमा मनाङ

दोस्रो चरणको सम्भावनाबाट बाहिरिसकेको मनाङ मर्स्याङदी क्लब एएफसी कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ।

चेन्नाइविरुद्ध हारको बदला लिने दाउमा मनाङ

एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नइसँग खेल्ने भएको छ।

जित्नैपर्ने दबाबमा मनाङ

भारतको क्लब मिनर्वासँगको खेलमा २–२ को बराबरी खेलेको मनाङले सोही खेलबाट खाता खोल्न सफल भएको थियो। त्यसैले अघिल्लो चरणको यात्रालाई जीवितै राख्न भए पनि मनाङ बुधबार हुने खेलमा जित्नै पर्ने दबाबमा रहनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्