१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सत्तारुढ सांसदले भनेः बजेट कार्यान्वयनमा चुनौती छ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। अर्थमन्त्री युवराज खतिवडाले १३ अर्बको बजेट प्रस्तुत गरेपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। ‘कार्यान्वयन जहिले पनि चुनौतीपूर्ण छ। कार्यान्वयन पक्षप्रति सरकार सचेत रहनुपर्छ। समीक्षा गर्नुपर्छ’, उनले भने।

देउवाले भने : सरकारसँग याे बजेट कार्यान्वयनको ‘क्यापासिटी’ नै छैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटको आलोचना गरेका छन्।

मल खरिद अनुदान ५० प्रशितले वृद्धि

सरकारले रासायनिक मल खरिदको अनुदानमा ५० प्रशितले वृद्धि गरेको छ। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिडाले आगामी आर्थिक वर्षको बजेटमा सरकारले रासायनिक मद खरिदको अनुदानमा ५० प्रतिशतले वृद्धि गरि ९ अर्ब पु-याएकाे बताएका हुन्।

१५ खर्ब ३२ अर्बको बजेट

आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट ल्याइएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदको संयुक्त बैठकमा बजेट घोषणा गरे।

खेलकुदको कुल बजेट ३ अर्ब ९९ करोड, मूलपानी क्रिकेट मैदानका लागि १० करोड

काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ।

खानेपानी र सरसफाईका लागि ४३ अर्ब ४६ करोड विनियोजन

मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गर्नका लागि सरकारले ७ अर्ब ३९ करोड विनियोजन गरेको छ।

उर्जामा ८३ अर्ब ४९ करोड बजेट

सरकारले उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ। संघीय संसदमा बुधबार सार्वजनिक गरिएको बजेटमा उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरिएको उल्लेख गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन

सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैया विनियोजन गरेको छ। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वास्थ्य राख्ने गरि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क सहित गुणस्तरीय बनाउने लक्ष सहित बजेट विनियोजन गरिएको बताए।

गौतमबुद्ध विमानस्थललाई तीन अर्ब

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।

सांसदलाई ६ करोड

सरकारले सांसदहरुलाई ६ करोड दिने भएको छ। स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए। त्यसको लागि ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ। यसअघि बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाइसकेका बेला वर्तमान सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्