१४ आश्विन २०८१ सोमबार
image/svg+xml

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

मनाङ : पुल नाघेर मर्स्याङदी बगिरहेछ

पुलमुनि सामाग्री थुप्रिदा खोलाको सतह पुलभन्दा अग्लो बनेको छ । अहिले मस्र्याङदीको पानी पुलमाथिबाट बगेको छ । बाढी आउनुअघि पुल र खोलाको पानीको सतहको उचाई झन्डै ९ मिटर थियो । त्यो सबैभाग अहिले ढुंगा, मुढाले पुरिँदा खोलाको सतहले नै पुल नाघेको छ ।

मर्स्याङदीको वहाव रोकिँदा जोखिम

मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।

मनाङबासीको पीडाः खोला किनार बाहेक अन्यत्र बस्ने ठाउँ छैन

मनाङका ९० प्रतिशत घर मस्र्याङदी किनारमा छन । मनाङमा १४५० हाराहारीमा घरधुरी रहेका छन । अन्यत्र अग्ला भीरपाखा भएकोले पनि समथर ठाउँको खोजीमा पुर्खाहरु नै खोला किनारमा बस्दै आएका थिए । अहिले पनि जहाँपायो त्यहाँ घर बनाएर बस्ने ठाउँ छैन ।

नपत्याएको खोलाले तहसनहस मनाङः वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन।

नपत्याएको खोलाले बगाएको मनाङ

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मस्र्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्, सधैंजसो काठे र झोलुंगेपुलबाट वारपार गरिरहेका उनीहरुलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन । तर, उखानले भने झै यो पटक नपत्याउने खोलाले सिगों बस्ती नै बगाएको छ ।

मनाङको पाँचहजार मिटर उचाईमा ७५ जना अलपत्र

चारदिनसम्मको लगातारको भारी वर्षाले बाढीपहिरो निम्त्याउँदा मनाङको उच्च हिमाली भेगमा पुगेका ७५ जना गाउँले अलपत्र परेका छन् । यार्सागुम्बु संकलनका लागि गएका उनीहरुलाई हेलिकप्टरले उद्धार गर्ने प्रयास गरेपनि मौसम खराबीले सफल हुन सकेन ।

मनाङमा चारदिनपछि उद्धार सुरु (फोटोसहित)

भीषण वर्षापछिको बाढीले क्षतविक्षत पुर्‍याएको मनाङमा चारदिनपछि बल्ल राहत सहितको टिम पुग्न सफल भएको छ । बुधबार नै सेनाको हेलिकोप्टरमा उद्धार र राहत टिम मनाङ जाने भनिएपनि मौसम खराबीले हेलिकप्टर जान सकेको थिएन ।

मनाङमा मर्स्याङदीको तहसनहस, सरकारी कार्यालय र होटल बगे, गाउँले पहरोमा

भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पु¥याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् ।

बाढीले मनाङमा एकअर्का गाउँबीच सम्पर्क बिच्छेद

भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ ।

भारी वर्षाले मनाङमा वितण्डा मच्चायो, तालगाउँका अधिकांश घर डुबानमा

लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङमा वितण्डा मच्चाएको छ । ठाउँठाउँका बस्ती विस्थापित भएका छन् भने सरकारी संरचना पनि बाढीमा बगेका छन । विद्युत गृह बगाउँदा कतिपय ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । टेलिफोनका टावर समेत क्षति पुग्दा सञ्चार सम्पर्क नै बिच्छेद भएको छ । नासोँ गाउँपालिका–१ को तालगाउँ सबैभन्दा बढी जोखिममा परेको छ ।

मनाङमा घरभित्रै बाढी पस्यो, घर भत्किँदा तनहुँमा महिलाको मृत्यु

चारदिनदेखिको लगातारको वर्षाले हिमाली जिल्ला मनाङमा सडक सहित घरमा क्षति पु¥याएको छ । तनहुँमा भने पहिरोले घर पुरिँदा एकजना महिलाको ज्यान गएको छ ।

मनाङमा बाढीः चामेका ३६ घर जोखिममा, बस्ती डुबानमा

निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ। निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ। खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ।

मनाङसँग सडक सम्पर्क विच्छेद, तालगाउँको बस्तीलाई ‘अलर्ट’ रहन निर्देशन

लगातारको वर्षाले हिमाली जिल्ला मनाङसँगको यातायात सञ्जाल बिच्छेद भएको छ । खोलामा पानीको वहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत हुन अलर्ट जारि गरिएको छ ।

मनाङमा कोरोना जित्ने बढ्दै

हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन्। केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्