१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मनाङमा पहरो फुटाएर गाडी उकाल्ने प्रयास

असार पहिलो साताको बाढीले हिमालपारिको जिल्ला मनाङ जोड्ने मुख्य सडक क्षतिवक्षत पा¥यो । मनाङ प्रवेशद्वारमा मात्र नभई माथिल्लो भेगसम्म पनि सडक क्षतविक्षत हुँदा स्थानीयलाई सकस छ । निकै कठिनका साथ अहिले त्यहाँ सडकको पहिरो हटाउँदै र पहरो फुटाउँदै सवारी उकाल्ने प्रयास भईरहेको छ ।

विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलबभत्ता

मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ।

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

मनाङमा दसैअघि गाडी पुग्न मुस्किल

अवरुद्ध भएको सडक पुनः सञ्चालन गर्नका लागि सहज नभएको प्राविधिकहरूले बताएका छन्। सडक सञ्चालका लागि आवश्यक गह्राैँ उपकरण पनि लैजान नसक्दा सडक खुलाउन निकै नै अप्ठेरो भएको उनीहरूको भनाइ छ। पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार कतिपय ठाउँमा सडक पूरै बगेको छ।

मनाङका बाढी पीडितः घर बनाउन प्रतिपरिवार दुई लाख दिइने

असार पहिलो साताको बाढीपहिरोको चपेटामा परेको हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले विशेष राहत दिने भएको छ ।

मनाङको सडकः ट्रयाक खोल्ने ठाउँ पनि छैन (फोटो सहित)

लम्जुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर सडक हो । यो सडक पूर्ण रुपमा अवरुद्ध भएको झन्डै अढाई महिना भईसकेको छ । तत्कालै सडक सुचारु हुने अवस्था पनि छैन । असार पहिलो साताको भीषण बाढीपहिरोले यो सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत पारेको थियो ।

बाढीपहिरोले पुरियो मनाङको गंगापूर्ण हिमताल (तस्बिरसहित)

बाढीपहिरोले मनाङकै गहना मानिने गंगापूर्ण हिमतालमा पनि उत्तिकै नोक्सान पुर्‍याएको छ। अन्नपूर्ण फेरोको पदमार्गमा गएका सबैजसो पर्यटकले घुम्ने गंगापूर्ण हिमताल बाढीपहिरोका कारण सधैंका लागि हराउनेगरि जोखिममा परेको स्थानीयले बताएका छन्।

विपदमा पनि काम लागेन मनाङको हुम्दे विमानस्थल

सडक सञ्जालबाट बिच्छेद भएपनि मनाङका नागरिकलाई राहत पु¥याउन र अत्यावश्यक परेका नागरिकको आउजाउमा सघाउन हवाई सञ्जालको विकल्प थियो । तर, बाढीपहिरोले क्षतविक्षत भएर पैदल हिडडुल समेत रोकिएको यो बेला जिल्लाको चल्ती अवस्थाकै विमानस्थल उपयोग गर्न समेत कसैले चाँसो दिएनन ।

मनाङ र मुस्ताङका १८ वर्ष माथिका सबै नागरिकलाई खोप

हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।

हेलिकप्टरको महंगो ढुवानीले मनाङीलाई सकस

बाढीपहिरोको चपेटामा परेका हिमाली जिल्ला मनाङका नागरिकको सहयोगका लागि अहिले धेरैतिर राहत जुट्न त थालेको छ । तर, ढुवानीमा समस्या हुँदा संकलित सामाग्री पनि जिल्लाका बासिन्दाको घरसम्म पु¥याउन सकस छ । बाढीपहिरोले बाटो बगाउँदा मोटर गुड्न नपाएपछि हेलिकप्टरबाहेक खाद्यान्न ढुवानीको अरु विकल्प छैन ।

बाढीपहिरोले थलिएको मनाङ अझै तंग्रिएन

‘सकसपूर्ण अवस्था अहिले हामीले बेहोरिरहेका छौं। सायद अहिलेसम्मको सबैभन्दा अप्ठेरो अवस्था हामीले भोग्नुपरेको छ,’ मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ भन्छन्। उनका अनुसार सडक सम्पर्क टुटेपछि लम्जुङको बेसीसहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था छैन। मुस्ताङ हुँदै खच्चडबाट आवश्यक खाद्यान्नलगायत सामान ढुवानी गर्नुपरेको छ।

मनाङमा सकसपूर्ण दैनिकी

एकमहिना भयो, हिमालपारिको जिल्ला मनाङले बाढीपहिरोको बढी क्षति भोगेको । तर, डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरुपमा बिच्छेद छ । जिल्ला मात्र नभई मनाङ भित्रैका गाउँ पनि एकअर्कासँग बिच्छेद छन् । सबैतिरको क्षति भोगेको हिमाली जिल्लाले निकै नै सकसपूर्ण अवस्था बेहोरिरहेको छ ।

मनाङको नार्पा भूमिका सबै नागरिकलाई खोप

हिमाली जिल्ला मनाङको माथिल्लो भेग नार्पा भूमि गाउँपालिकाका १८ वर्ष उमेर माथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । १८ वर्ष उमेर माथिका सबै नागरिकले कोरोना विरुद्धको पहिले खेपको खोप पाउने गण्डकी प्रदेशको यो नै पहिलो गाउँपालिका बनेको छ ।

मनाङका सरकारी कार्यालयमा सोलार

हिमालपारिको जिल्ला मनाङका १६ वटा सरकारी कार्यालयमा सौर्य उर्जा जडान गरिने भएको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले आवश्यक सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।

बाढीपहिरोले अत्तालिएको मनाङ

हिमाली जिल्ला मनाङ पहिलोपटक भीषण बाढी पहिरोको चपेटामा परेको छ । हिउँदताका बेलाबेला बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आउजाउ रोकिने जस्ता क्षणिक अप्ठेरो भोग्ने गरेको यो हिमाली जिल्लालाई बाढीपहिरोले अत्याएको पहिलो पटक हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्