९ मंसिर २०८१ आइतबार
image/svg+xml

रौतहटको १० वटा स्थानीय तहको तेश्रो नगर अधिवेश सम्पन्न

रौतहटको दशवटा स्थानीय तहले मंगलबार तेश्रो नगरसभा सम्पन्न गरेका छन्। जिल्लाको कुल १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहहरुले आर्थिक बर्ष २०७६/०७७ को विकास निर्माणको लागि विभिन्न योजनाहरुको लागि नगरअधिवेशन सपन्न गरेको जनाएको छ।

काठमाडौं महानगरको बजेट १५ अर्बः भर्टिकल पार्किङदेखि मोनोरेलसम्म

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट प्रस्तुत गरेको छ। मंगलबार भएको काठमाडौं महानगरपालिकाको नगरसभाको ५ औं महाअधिवेशन कार्यक्रमबाट सो बजेट पारित गरेको हो।

मनमौजी स्थानीय सरकार

लहान नगरपालिकाको दोस्रो नगरसभाले पारित गरेको बजेटबाट वडा नम्बर ४ र २० का लागि विनियोजित बजेट नगरप्रमुखले रोकेको छ।

काठमाडौं महानगरमा अब राती १० बजेसम्म बस चल्ने

काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ पनि काठमाडौं महानगरपालिकाको नगरसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। ऐनमा अब महानगरसँग स्वीकृति नलिइकुनै पनि सवारीमा प्रचार सामग्री राख्न पाइने छैन। त्यसैगरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कात्तिकदेखि माघ मसान्तसम्म बिहान ५ देखि राती ९ बजेसम्म र बाँकी महिना बिहान ५देखि राती १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्ने छ।

विपक्षीले नगरसभा गर्न नदिएको मेयरको आरोप

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले दुई तिहाई बहुमतको दम्भ देखाउँदै अहिलेसम्म विपक्षीले नगरसभा हुन नदिएको आरोप लगाएका छन्। नगरपालिकाको कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरी मेयर यादवले कार्यपालिकामा दुई तिहाईको बहुमतमा रहेको नेकपाले नगरसभा हुन नदिँदा चालू खर्चबाहेक अन्य कुनै पनि शीर्षकको रकम खर्च हुन नसकेको बताएका छन्।

बाह्रविसेको नगरसभा बस्न सकेन, सदस्यलाई बन्धक बनाएको प्रमुखको आरोप

बहुमत सदस्यले ‘बहिस्कार’ गरेपछि बाह्रविसे नगरपालिकाको चौथो नगरसभा बस्न सकेन। विभिन्न ६ प्रस्तावमा छलफल गरी निर्णय गर्न नगरकार्यपालिकाले शुक्रबारलाई नगरसभा बोलाएको थियो।

विपक्षीलाई नगरसभा छाड्न मेयरको उर्दी

दिपायल सिलगढी नगरपालिका नगरसभाको बन्दसत्र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरेका छन्।

गाउँ/नगरसभामा व्यवस्थापिका संसदको झल्को

चारैतिर चिटिक्क पारेर सिंगारिएको सभा हल। हलको अगाडि स्टेजमा सजाएर राखिएको सभाध्यक्षको कुर्सी।

वीरगन्ज महानगरको नगरसभा बहुमतले बहिस्कार

वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद सदस्यले बहिस्कार गरेका छन्।

वीरगन्ज महानगरको नगरसभा बहुमतबाट बहिस्कार

वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद् सदस्यले बहिस्कार गरेका छन्। आगामी आर्थिक बर्ष २०७५/०७६ को बजेट र नीति तथा कार्यक्रममा छलफल गरी पास गर्ने उद्देश्यले राखिएको नगरसभाका एक सय ३३ मध्ये एक सय २० जनाले बहिस्कार गरेको बिरोध कार्यक्रमका संयोजक जतन राउत कुर्मीले बताए।

कलैया नगरसभाको बजेट ९१ करोड

आर्थिक वर्ष २०७४/०७५ को लागि कलैया उपमहानगरपालिकाले प्रथम नगरसभाबाट का लागि ९१ करोड ३२ लाख ४६ हजार २सय ५ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्