प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। बैठकमा सत्ता पक्ष र एमालेबीच सहमती नहुँदा बैठक आइतबार सारिएको हो।
प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। बैठकमा सत्ता पक्ष र एमालेबीच सहमती नहुँदा बैठक आइतबार सारिएको हो।
प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि शुक्रबार ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो।
प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।
प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्।
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विपक्षी दलहरुसंग छलफल गरेपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी गरी अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ। बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको हो।
प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नसकेको हो।
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन सांसदले माग गरेका छन्। मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयपछि हुन लागेको भारत भ्रमणबारे संसद्मा जानकारी गराउनुपर्ने माग राखेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीले उपत्यका र सुगम ठाउँ मात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा समस्या भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मिटरब्याजपीडितका समस्या तत्काल समाधान गर्न माग गरेका छन्।
आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि गठन भएको नियमावली मस्यौदा समितिको बैठकमा उपसभामुखलाई पनि बैठकको प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ।