११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सीमा क्षेत्रमा मदिरा प्रतिबन्ध

सुनसरीको भण्टाबारी भारतीय सीमा नजिकै पर्छ । भण्टाबारीमा साँझपख भारतीय मदिराप्रेमी पाहुनाको जमघट थामिनसक्नुको हुन्छ । भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि त्यहाँका नागरिक साँझपख रक्सी खान नेपाल छिर्ने गरेका हुन् ।

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।

हाफिजमाथिको प्रतिबन्ध फुकुवा

बलिङ एक्सनमा सुधार गरेपछि मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पाकिस्तानी अल राउन्डर मोहम्मद हाफिजमाथि अन्तर्राष्ट्रिय बलिङका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

प्रतिबन्धित लागुऔषधसहित ३ पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ नेपाली तथा एक विदेशी नागरिक छन्।

स्मिथ र वार्नरले प्रतिबन्ध स्विकारे

अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ अझै राष्ट्रिय टिमबाट खेल्ने तीव्र इच्छा भए पनि आफूमाथि लागेको प्रतिबन्धका विरुद्ध कुनै अपिल नगर्ने बताएका छन्।

क्यानको विशेष साधारण सभा ६ र ७ गते, प्रतिबन्ध हट्ला ?

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा वैशाख ६ र ७ गते हुने भएको छ। यसअघि १३ र १४ गते हुने भनिएपनि आइसीसीका पदाधिकारीले त्यसअघि नै उपस्थित हुनसकिने सूचना पठाएपछि साधारण सभा अघि सारिएको निर्वाचित क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए।

स्मिथ र वार्नरलाई एक वर्ष प्रतिबन्ध

अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान स्टिभन स्मिथ र उपकप्तान डेभिन वार्नरमाथि एक वर्षको प्रतिबन्ध लागेको छ। अष्ट्रेलियाली क्रिकेटको सर्वाेच्च निकाय क्रिकेट अष्ट्रेलिया (सीए) ले बुधबार स्मिथ र वार्नरलाई कुनै पनि क्रिकेट गतिविधीमा संलग्न हुन नपाउने गरी एक वर्षे प्रतिबन्धको घोषणा गरेको हो।

नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध : मन्त्री पण्डित

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन्।

परीक्षामा जुत्ता मोजा लगाउन प्रतिबन्ध

चिट चोर्न बाट रोक्ने उद्देश्यले भारतको उत्तरी राज्य बिहारमा विद्यार्थीलाई परीक्षाका बेला जुत्ता वा मोजा नलगाउन प्रशासनले आदेश जारी गरेको छ । परीक्षामा विद्यार्थीले आफ्नो नोटबाट उत्तर नसारुन् भनेर यस्तो कदम चालिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अक्षयकुमारको ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

बलिउड अभिनेता अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको फेडरल सेन्सर बोर्डले फिल्मको कथावस्तु आफूहरुको धर्म, समाज र संस्कृतिको हितमा नरहेको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो।

कर्मचारीसँग मन्त्रीको यौन सम्बन्धमा प्रतिबन्ध

उपप्रधानमन्त्री बार्नबी जोइसको आफ्नै कार्यालयमा काम गर्ने महिला कर्मचारीसँग सम्बन्ध रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने सम्बन्धमा प्रतिबन्ध लगाउने तयारी गरेका हुन्। उनले कर्मचारीसँग सम्बन्ध नराख्न मन्त्रीहरुलाई निर्देशन समेत दिए।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्