१२ आश्विन २०८१ शनिबार
image/svg+xml

गठबन्धन सरकार भारतीय ठेकेदारविरुद्ध बोल्न लुगलुग काम्छ: नेम्वाङ

‘त्यत्रो महमत्त्वपूर्ण सडकका लागि मेरै पहलमा ६ अर्ब रूपैयाँ छुट्टिएको थियो तर एक भारतीय ठेकेदारले काम अलपत्र पारेका छन्,’ नेम्वाङले भने, ‘कारबाही गर्नुपर्ने ठेकेदारलाई यो गठबन्धन सरकार कारबाही गर्नै सक्दैन, किनभने भारतीय ठेकेकारविरुद्ध अहिलेको सरकार चुँ बोल्न सक्दैन, भारतीय ठेकेदार भनेपछि गठबन्धन सरकार लुगलुग काम्छ।’

मंसिर चारपछि एमालेको एकल सरकार हुने ओलीको दाबी

माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने एमालेलाई सक्न खोज्जे र पार्टीभित्र काम गर्न नदिने आफ्नो घर हिडेंर एमाले झन् राम्रोसँग झाँगिएको बताए। प्रचण्डलाई चुनावपछि एमालेमय हुने भन्दै काँग्रेस बोक्न बाँध बलियो बनाउन समेत सुझाव दिए।

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

धनुषा क्षेत्र नं ३ः गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।

अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुन्छः ओली

'पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला', सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, 'समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौँ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने?'

काठमाडौँ ३ मा एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ क्षेत्र नं ३ मा नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए।

एमालेले गरेको भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगेको छः माधव नेपाल

‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ। केके बोले अहिलेसम्म। झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो।'

अर्घाखाँचीमा भुसाललाई गठबन्धनको बल, रायमाझीलाई ‘पपुलर’ भोटको आश

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।

संगठन बलियो भएमात्रै पार्टी बलियो हुन्छ: ईश्वर पोखरेल

संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने बताए। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनले बताए।

निर्वाचनको मुखमा एमाले परित्याग गर्दै पुराना नेता

नेकपा एसमा एमाले परित्याग गरेर उपाध्यक्ष गिरिसहित कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्णप्रसाद गुप्ता लगायत छन्। यस्तै १९ गते नै परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गरेका छन्।

दैलेख १ मा पूर्व सहकर्मीहरु नै आमने–सामने

पूर्व सहकर्मीबीच कसले बाजी मार्ने भन्ने रोचक चुनावी प्रतिस्पर्धा भएको छ। चुनाव पुरानाले जिते पार्टीको साख जोगिने र नयाँ पार्टीले जिते राजनीति रुपमा फड्को मार्ने देखिन्छ। प्रतिनिधिसभामा ९ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका हुन्।

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको

हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुने उनको भनाई छ।

एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छन्।

ईपिजीको प्रतिवेदन बुझ्न नरेन्द्र मोदीले समय दिएनन्ः राजन भट्टराई

नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्