११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडाैंमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका छन्। चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

सडकमा झाँकीसहित चिनियाँ राष्ट्रपतिकाे स्वागत

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ। नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।

चिनिया राष्ट्रपतिको भ्रमण अवधिको भर एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी अवस्थामा

नेपाल रेडक्रस सोसाइटीले चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको छ ।

चिनियाँ राष्ट्रपति ‘सी’ को सुरक्षाका लागि कति सुरक्षाकर्मी खटाइए?

चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्। सी दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

चिनियाँ राष्ट्रपति सी भारतबाट नेपालका लागि उडे, कति बजे आइपुग्ने?

चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतकाे चेन्नाइबाट नेपालका लागि उडेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंने छन्।

नेपालमा २३ वर्षपछि चिनियाँ शीर्ष पाइला

भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्।

गरे के हुदैन र ?

छोटो समयमै काठमाडौंका सडकको रुपनै फेरिएको छ। रातारात सडक मर्मत गरेर सफा सुग्घर बनाइएको छ। अघिपछि धुलो,धुवा र फोहोर हुने सडकहरु सफा सुग्घर र चिल्ला देखिएका छन्।

चिनियाँ राष्ट्रपति सी काे यस्ताे छ भ्रमण तालिका

चिनियाँ राष्ट्रपति सी जिनफिङ शनिबार र आइतवार राजकिय भ्रमणकाे लागि नेपाल आउन लागेका छन्। उनकाे याे २ दिने भ्रमणलाइ महत्वपूर्ण भ्रमणकाे रूपमा लिइएकाे छ। सीले आफ्नो नेपाली समकक्ष विद्यादेवी भण्डारीको मैत्री निम्तोमा नेपाल भ्रमण आउन लागेका हुन्।

काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो ।

प्रधानमन्त्रीद्वारा छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।

किन कडा बनाइयाे एका एक उपत्यकाकाे सुरक्षा व्यवस्था?

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो।

चिनियाँ राष्ट्रपतिको भ्रमणः सुरक्षा व्यवस्था कडा

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ।

सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय

बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्