११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।

यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ। सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेका थिए।

फर्किए चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन्। राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन्।

चिनियाँ राष्ट्रपति सी स्वदेश फर्कंदै (Live)

चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरि स्वदेश फर्दकदै छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्या भण्डारीले विदाई गर्दैछन्।

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्र सहित)

नेपाल र चीनबीच १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। विभिन्न विषय समेटिएका समझदारीपत्र चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आदान प्रदान गरिएको थियो।

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गरेका छन्।

महिला हिंसाविरुद्ध उत्रिने कार्यकर्तालाई समाजवादी पार्टीले भन्याे– 'हाम्रो पार्टीको शाह कार्यकर्ता होइनन्'

समाजवादी पार्टी सप्तरीले महिला हिंसाविरुद्ध उत्रिने आफ्नै कार्यकर्तालाई पार्टीको कुनै पनि पदमा नरहेको दाबी गरेको छ

नेपाली खेलकर्मीद्वारा सीको स्वागत

शनिबार नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक र विभिन्न खेल संघका पदाधिकारीलगायतते स्वागत गरेका छन्।

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए। उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए।

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको नेपाली जनताले हेर्न चाहेको बताएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्वोधन गर्दै भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको समेत बताइन्।

शीतल निवासमा सी (फोटो फिचर)

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

यस्तो छ सीको सम्मानमा आयोजित रात्रीभोजको मेनु

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजमा लुक्लाको सीमी र बारा लगायतका परिकार राखिएको छ।

राष्ट्रपति भण्डारी र सीबीच भेट

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

समकक्षी भण्डारीलाई भेट्न चिनियाँ राष्ट्रपति शीतल निवास

चिनियाँ राष्ट्रपति सी चीङफिङ शितल निवास पुगेका छन्। उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्। भेटमा दुई देशबीच सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ।

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्