११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा कांग्रेस महासमिति सदस्यको मृत्यु

बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर चौकमा मंगलबार विहान बस र ट्रक एक आपसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। दुर्घटना हुँदा नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको हो।

पेरुमा भएको बस दुर्घटनामा सोह्रको मृत्यु, ४० घाइते

पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा पाँच जना घाइते भएका छन्।

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

अरनिको राजमार्गमा अन्तर्गत भक्तपुरको सल्लाघारीमा शनिबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको कन्टेनर गाडी ब्याक गर्न सहचालक झरी साइड माग्ने क्रममा सोही दिशाबाट आइरहेको बा ९२ प ३४०९ नं.को स्कुटरले सहचालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

जिप दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टममा ढिलाई

कर्णाली नदीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरुको पोष्टमार्टममा ढिलाई भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नभएको र जिल्ला अस्पताल मार्तडीबाट डाक्टर पोखरे लेकको हिउँका कारण जान नसक्दा पोष्टमार्टममा ढिलाई भएको हो।

चार जनाको मृत्यु ५ घाइते, १ बेपत्ता

कर्णाली नदीमा भएको जीप दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। जीपमा सवार एक १३ वर्षकी बालिका बेपत्ता भएकी छन्। कर्णाली करिडोर अन्र्तगत पर्ने हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरबाट जीप खसेको हो।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं १ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

प्रतिवेदन दराजमै थन्किछन्

सवारी दुर्घटना नदोहोरियोस् भनेर सरकारले सत्यतथ्य छानबिन गरी समाधानका लागि तत्काल समिति गठन गर्छ। समितिमार्फत दुर्घटनाको कारण, तथ्य र रहस्य खोजिन्छ। समिति आगामी दुर्घटना रोकथाम गर्न ठोस उपाय पनि सुझाउँछ।

शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

अस्पतालले आफूहरुलाई शल्यक्रियाको क्रममा एउटा दुर्घटना भएको मात्रै भनेको मृतकको परिवारको आरोप छ। उनीहरुका अनुसार बिरामीको अवस्था कस्तो थियो वा के भएको थियो भन्नेबारे अस्पतालले विस्तृत विवरण दिएको थिएन।

टिपरकाे ठक्करबाट मीन भवनमा बृद्धाको मृत्यु

मीन भवनमा टिपरले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ। शनिबार राति ठक्कर दिएर भागेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन्।

असुरक्षित पैदलयात्री, ठक्कर दिँदै भाग्दै सवारी

‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्रै सक्दैन। सडक प्रयोगकर्ताको पनि साथ र सहयोग चाहिन्छ। सबैले नियम मान्ने हो र सचेत हुने हो भने दुर्घटना कम हुन्छ।’

सुमो दुर्घटनाः तीनको मृत्यु, पाँच घाइते

मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन्।

कजाकस्तानमा १०० जना यात्रु बोकेको विमान दुर्घटना

सय जना यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्