१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बजार खोल्ने कि बन्द गर्ने ?

ललितपुर र काठमाडौं महानगरपालिकाले व्यवसायीहरूलाई दिनभरी पसल खोल्न र विस्तारै व्यवसाय अघि बढाउन आग्रह गर्दै आइरहेको छ । तर जनप्रतिनिधिलाई सोधेर उच्च सावधान अपनाएर सटर खोल्न सुरु गरेका पनि प्रहरीले भने संक्रमण बढेको भन्दै जारी लकडाउनलाई कडा गर्ने नीति लिनथालेको छ । व्यापारिक केन्द्र न्युरोडमा प्रहरी र व्यवसायीबीच यही कारणलार्ई लिएर मंगलबार झडप नै भयो ।

व्यवसायीलाई चार महिनाको भाडा छुट दिने नगरपालिकाको निर्णय (अपडेट)

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विभिन्न व्यवसायीलाई चार महिनाको शुल्क तथा भाडा छुट गर्ने निर्णय गरेको छ ।

व्यवसायीद्वारा आन्दोलनको चेतावनी

राष्ट्रिय उद्योग व्यापार महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले आन्दोलनमो चेतावनी दिएका छन्। नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले सवै करदाताहरुलाई सूचित गर्दै बुझाउनुपर्ने कर तुरुन्त बुझाउन गरेको सूचना शंसोधन गरी असोज मसान्तसम्म विस्तार नगरे आन्दोलनको चेतावनी दिइएको हो।

व्यवसाय सुचारु गर्न पाउनु पर्ने माग गर्दै वीरगन्जका व्यवसायी सडकमा

वीरगन्जमा लडकडाउनले आजित ब्यवसायी सडकमा उत्रिएका छन्। म्याद थप्दै लकडाउन लम्बाउँदै जाने तर अन्य वैकल्पिक उपाय नचालेकोमा उनीहरु असन्तुष्ट रहँदै आएका थिए। सोमवार साँझ भने वीरगन्ज्का ब्यवसायी सडकपेटीमा प्लेकार्ड सहित प्रदर्शनमै उत्रिए।

लकडाउन कस्तो बनाउने ? यस्ता छन् सरकारलाई व्यवसायीका सुझाव

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसंग छलफल गरेको हो।

नयाँ नक्साको स्वागत

संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को सोमबार बसेको विस्तारित भर्चुअल बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने नेपाल सरकारको कामको स्वागत गरेको छ।

पम्प मजदुरहरुको कोरोना परीक्षण गर्न माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायी र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुर, चालक तथा सहचालकको कोरोना परीक्षणको बन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ।

ब्याज, राजस्व तथा बिमा दरमा छुट माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आगामी बजेटमा पेट्रोलियम व्यवसायीलाई हुनुपर्ने राहत एवं बैंक ब्याजदर, राजस्व तथा बिमा दरमा छुट हुनपर्ने माग राखेका छन्।

बहिनीको एक कलले स्वदेशमै व्यवसायी बनायो

२०५७ सालतिरको कुरा हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका सेनाम नुर्पु घले विदेश जान प्रयास गर्दै थिए । उनको बहिनी पहिलै विदेश गइसकेकी थिइन् । उनी यहाँ थोरै चौरी पालेर बसिरहेका थिए । यहाँ भन्दा विदेशमा राम्रो कमाइ हुने आशामा उनको मनले उनलाई विदेश तिर धकेल्दै थियो ।

दुई दिनको बर्षाले पाँच करोड काँंचो इटा नष्ट

बिहीबार र शुक्रबार दुई दिनको बर्षाले भक्तपुरका इटाभटाका पाँंच करोड काँंचो इटा नष्ट भएको इटा उद्योगी व्यवसायीहरुले बताएका छन् । बर्षाले इटा पारेर सुकाइराखेका खल (खाल) मा रहेका काँंचो इटाहरु नष्ट भएका हुन् ।

होटल संघको चेतावनी : व्यवसायीका समस्या समाधान नभए भयावह

होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ।

व्यवसायीले मागे विशेष राहतको प्याकेज

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउनको समय लम्बिँदै जाँदा उद्योग, व्यापार, व्यवसायीको क्षेत्रमा समस्या उत्पन्न भएका सरकारले विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने विराटनगरका व्यवासायीले माग गरेका छन् ।

कालोबजारी आरोपमा पक्राउ परेका धरौटीमा रिहा

लकडाउनको समयमा मसुरोको दाल बढी मूल्यमा बिक्री बितरण गरेको आरोपमा पक्राउ परेका वीरगन्ज–पथलैया औद्योगिक करिरोडका तीन अद्योगका सन्चालक तथा प्रतिनिधीहरुलाई जिल्ला प्रशासन कार्यालय बाराले आईतबार धरौटीमा छोडेको छ।

कर छुट गर्न व्यवसायीको माग

सरकारले व्यापारी तथा उद्योगीबाट लिँदै आएको कर तथा विभिन्न शुल्क छुट गर्नुपर्ने सुर्खेतका व्यापारीहरूले माग गरेका छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) का कारण व्यापार व्यवसाय धरासय बन्दै गएको भन्दै उनीहरूको यस्तो माग गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्