११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागरिकता विधेयक: १५औं दिन पुग्दा पनि राष्ट्रपति पुनः अनिर्णीत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकको समयावधि मंगबार(आज) १५ दिन पुग्दैछ।

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्।

संविधान दिवसको अवसरमा ६८१ कैदीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्।

महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लन्डनमा

भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न उनी बेलाइतको औपचारिक भ्रमणमा पुगेकी हुन्। सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्टमिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ।

नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिको धर्ना

आफूहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताए।

राष्ट्रपति बाइडेन एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गर्दै

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्ने भएका छन्।

नपाउने भए ताप्लेजुङका तीन पालिकाका विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको अनुदान

ताप्लेजुङका तीनवटा पालिकाका कुनैपनि विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फतको अनुदान नपाउने स्थिति देखिएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता हुने भएको छ।

राष्ट्रपतिको प्राथमिकतामा किन परेन नागरिकता विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्र सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथसम्बन्धी व्यवस्थासहित पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्।

प्रदेशीय रोगको रोकथाममा सबैको प्रयास आवश्यक छः राष्ट्रपति

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज उद्घाटन गर्दै उनले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताइन्।

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छुः पूर्वराष्ट्रपति डा यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले संघीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताए।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको विकल्प छैनः हृदयश त्रिपाठी

सो विधेयकमा संविधानको धारा ११ को उपधारा ३ कार्यान्वयनको मात्रै व्यवस्था गरिएकाले त्यसलाई राष्ट्रपति भण्डारीले पहिलो पटक पुनर्विचार गर्न पाउने व्यवस्था भएपनि दोस्रो पटक सो सुविधा नभएको पनि उनले पटकपटक दोहोर्‍याए।

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छः राष्ट्रपति

‘नेपाली भूमी ज्ञान भूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ। यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ। नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्