११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

राष्ट्रियसभा सदस्य निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई दुवै पार्टीका अध्यक्षले सामूहिक निर्देशन दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।

विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्ष जेल

भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ। चारा घोटालामा दोषी ठहरिएका यादवलाई शनिबार सिबीआईको विशेष अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय र ५ लाख जरिवाना तोकेको हो । अदालतको फैसलालगत्तै विहारका पूर्व उपमुख्यमन्त्री एवं लालुका छोरा तेजस्वी यादवले हाई कोर्ट जाने बताएका छन्।

मुख्यमन्त्रीको सहज बाटोमा शंकर

वाम गठन्धन बन्नुपूर्व एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पहिलो नम्बरमै सिफारिस भए । पोख्रेलले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक उनको दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने निर्णय सार्वजनिक भयो । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका पोख्रेलका लागि यो गठबन्धनको निर्णय स्वाभाविकै रुपमा ‘अप्रिय’ हुनु पर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा माओवादीका नेता तगारो बन्न आउने संशय उनलाई थियो ।

प्रदेश ६ मा मुख्यमन्त्री ‘सपना’

करिब दुई दशकअघि मन्त्री भइसकेका एमालेका यामलाल कँडेल ६ नम्बर प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितमध्ये सबैभन्दा वरिष्ठ हुन् । आपूmभन्दा कनिष्ठलाई संघीय संसद्मा पठाएर उनी प्रदेशसभामा बसेका हुन् । यसको एकमात्र कारण हो– मुख्यमन्त्री सपना ।

मुख्यमन्त्रीका दाबेदारले नै पाएनन् सांसद सिट

नेकपा एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुरले थापा यसपाली सांसद बन्ने अवसर गुमाएका छन्। संवैधानिक व्यवस्थाका कारण प्रदेश समानुपातिक तर्फको सूचीमा रहेका थापाको सांसद सहित मुख्य मन्त्रीको बाटो पनि बन्द भएको छ ।

विहारका मुख्यमन्त्री लालु यादव चारा घोटालामा दोषी ठहर

भारतको विहार प्रदेशका मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा लिएका छन्। सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको हो। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो।

तीन नम्बर प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य : अरुण नेपाल

एमाले पोटिलब्यूरो सदस्य अरुण नेपालले पार्टीभित्र प्रभावशाली युवा नेताको छबि बनाएका छन्। भद्र र सरल स्वभावका नेता उनी स्पष्टवक्ता मानिन्छन्। २०३५ सालदेखि विद्यार्थी राजनीति सुरु गरेर २०५३ मा उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए। कम्युनिस्ट राजनीति गर्दा पञ्चायतकालमा २०४० देखि २०४४ सम्म चार वर्ष जेल जीवन व्यतित गरेका उनी नेपाल पार्टीको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य र बैकल्पिक पोलिट्व्यूरो सदस्य निर्वाचित भए। हाल पोलिट्व्यूरो सदस्यको रुपमा दोस्रो कार्यकाल व्यतित गरिरहेका उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। प्रदेश नम्बर ३ को मुख्यमन्त्री, प्रदेश सरकार लगायत विषयमा नेता नेपालसँग ध्रुव दंगालले गरेको कुराकानी :

हो, म नै हो मुख्यमन्त्री : शेरधन राई

सप्तकोशी नदीको प्रदेश भन्नेबित्तिकै ठूला नदीनालाहरू यहीँ पर्छन् र कुल जलविद्युत् उत्पादन क्षमताको एक तिहाइभन्दा बढी क्षमता हामीसँग छ । उत्तर चीन र दक्षिण भारतसँगको सिधा नाका सम्बन्ध प्रदेश नं १ ले राख्छ । हामी सडक सञ्जालको माध्यमबाट एकै दिनमा चीन, भारत, बंगलादेश र भुटान लगायतका देशहरूसँग जोडिन सक्छौँ ।

प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी

प्रदेश नम्बर ३ को प्रदेशसभामा वाम गठबन्धनको दुईतिहाइ बढी स्थानमा जितसँग प्रदेशको पहिलो मुख्यमन्त्री को हुन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ ।

यस्ता छन् ७ प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढेको छ ।

प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी

प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीका लागि वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । यो प्रदेशको प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकमा १६ गरी ४० सदस्य हुन्छन् । प्रत्यक्षतर्फ एमालेले १४ र माओवादी केन्द्रले ९ स्थानमा विजय हासिल गरेका छन् । कांग्रेस एक स्थानमा खुम्चिएको छ ।

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को मधेस गठबन्धले स्पष्ट बहुमत पाएपछि मुख्यमन्त्री को बन्ला भन्ने चासोले राजनीतिक बजार तताएको छ ।

प्रदेश ४ मा मुख्यमन्त्रीको प्रतिस्पर्धामा गुरुङद्वय

प्रत्यक्ष निर्वाचनको घोषित परिणामअनुसार प्रदेश ४ मा वाम गठबन्धनको प्रादेशिक सरकार बन्ने लगभग पक्का भएको छ । मतगणना सकिएका जिल्लाका अधिकांश प्रतिनिधि र प्रदेशसभा सिटमा वाम गठबन्धनभित्र पनि एमालेको अग्रता छ । सोही कारण एमालेभित्र मुख्यमन्त्रीका लागि दौडधूप सुरु भएको छ ।

सांसद नबन्दै मुख्यमन्त्रीमा चर्चा

७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीमा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाको नाम चर्चामा छ। नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी नेता लेखराज भट्ट, प्रतिनिधि सभाको उम्मेदवार बने लगत्तै थापाको नाम चर्चामा आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्