११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्रीमा भट्ट निश्चित

राजधानीका दिपायलमा हुनुपर्ने भन्दै डोटीमा आन्दोलन पनि चलिरहेकाले प्रदेश राजधानी तराई भएपछि सन्तुलन मिलाउन त्रिलोचन भट्टलाई सिफारिस गरिएको भाटले बताए।

मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि

मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि प्रदेशको अर्को महत्त्वपूर्ण पद सभामुख एमालेलाई परेको छ । तर, प्रदेशसभामा एमालेका दुई शीर्ष नेताले उक्त पदमा रुचि देखाएका छैनन् । बरु उनीहरुको ध्यान संसदीय दलको नेतामा छ। यामलाल कँडेल र प्रकाश ज्वाला दुवै एमाले पोलिटब्यूरो सदस्य छन् । यीमध्ये एकलाई सभामुख र अर्कोलाई संसदीय दलको नेता बनाउने पार्टी योजना छ । तर, दुवै संसदीय दलको नेता बन्ने दौडमा छन् । ‘सभामुखमा मेरो रुचि छैन, मेरो प्रयास दलको नेता बन्नेतिरै हुनेछ,’ ज्वालाले भने, ‘सहमतिबाट भए राम्रो, नभए चुनावमै जाने मनस्थिति बनाइसकेको छु।’

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

प्रदेश नम्बर पाँचको संसदीय दलको नेता सर्वसम्मत रुपमा बनाएर नेकपा एमालेले पार्टीका नेता शंकर पोखरेललाई ‘भावी मुख्यमन्त्री’ का रुपमा प्रस्तुत ग-यो।

फोरम संसदीय दलको नेतामा लालबाबु राउत, मुख्यमन्त्रीको बाटो खुल्यो

संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर दुईको संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ। यसअघि अपराह्न संसदीय दलको नेताका लागि ७ जनाको उम्मेदवारी परेको थियो। रातिसम्म नेताहरुले सहमतिको प्रयास गरेर राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

मुख्यमन्त्री र एक मन्त्रालय सञ्चालन

प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शुक्रबारबाट प्रदेश राजधानी हेटौंडामा सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले पदबहाली गरेसँगै कार्यालय सञ्चालनमा आएको हो।

फोरमले निर्वाचनबाट मुख्यमन्त्री चयन गर्ने

संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको छ। प्रदेशकै ठूलो दलको हैसियतले फोरमले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ।

चौकीदारीदेखि मुख्यमन्त्री यात्रामा भट्ट

कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि शुक्रबार सिफारिस गरेको हो।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट सिफारिस, प्रदेशसभा बैठक आइतबार

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।

मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

यही माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । एमाले सबैभन्दा ठूलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट सभामुख चुनिँदैछन् ।

सहमति नभए चुनावबाट मुख्यमन्त्रीको टुंगो, राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षण

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा मुख्यमन्त्रीको लागि सहमती नभए चुनाबमा जाने निर्णय गरेको छ।

एमाले माओवादी भागवण्डा मिल्यो, माओवादीलाई दुई मुख्यमन्त्री

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेशको भागवण्डामा सहमति गरेको छ। आज बसेको कार्यदलको बैठकले ४ मुख्यमन्त्री एमाले लिने र २ वटा माओवादीले लिनेगरी सहमति गरेको हो। जस अनुसार ६ र ७ प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने छ।

मुख्यमन्त्री बन्न एमालेमा हानथाप

प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्।

शंकर पोखरेललाई मुख्यमन्त्रीको बाटो खुल्यो

एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ।

कम्तीमा दुई मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

एमाले–माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनको संयुक्त कार्यदलको बैठकमा माओवादीले कम्तीमा २ मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ ।

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्