९ मंसिर २०८१ आइतबार
image/svg+xml

एकल अभ्यासमा एमाले

ओलीले अहिले पार्टीभित्र जे/जस्तो निर्णय गर्दै र गराउँदै गएका छन्, त्यसको सोझो उद्देश्य भनेको व्यक्ति बलियो हुने हो, एकल प्राधिकार निर्माण गर्ने हो। तर, लोकतान्त्रिक अभ्यासमा कुनै पनि पार्टीभित्र सामूहिक नेतृत्व हुन्छ र त्यसैको आधारमा निर्णय हुन्छ।

हाम्रो संघर्ष पद र कुर्सीका लागि होइन विचारको संघर्ष हो : माधव नेपाल

नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूहरुको संघर्ष पद र कुर्सीको लागि नभएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आफू पक्षीय युवाहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री तथा केपी ओलीविरुद्धको संघर्ष पद र कुर्सीको लागि नभएर पार्टीको लागि भएको जिकिर गरे।

नेपाल पक्षका ३८ जना सांसद्ले हस्ताक्षर गरेको पत्र बालुवाटरमा, पार्टी विधानुसार चल्नुपर्ने माग

नेकपा एमालेका नेता माधव नेपाल पक्षीय सांसद्हरुको भेलाले बालुवाटरमा शनिबार बसेको संसदीय दलको बैठकमा असहमति जनाएको छ। शनिबार सिंहदरबारमा बसेको नेपाल पक्षीय सांसद्हरुको भेलाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकलाई लिएर असहमति जनाएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए।

माधव नेपालको राजनीतिक प्रस्ताव : ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपियो (पूर्णपाठ)

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा माधव नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन्। उनले पेश गरेको प्रस्तावमा कम्युनिस्ट आन्दोलनमा असाधारण परिस्थिति आएको विश्लेषण गरिएको छ।

मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको सुरुवात गर्ने केपी ओली हो : माधव नेपाल

नेकपा एमालेका नेता माधव कुमार नेपालले गुटको सुरुवात प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै नेता नेपालले मदन भण्डारी फाउन्डेसनको नामबाट ओलीले गुटको सुरुवात गरेको बताए।

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

नेकपा एमाले (माधव नेपाल) पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका गतिविधिको विरोध गर्दै आएको नेपाल पक्षको भेला ललितपुरको सानेपामा सुरु भएको हो।

हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं : योगेश भट्टराई

नेकपा एमाले (माधव नेपाल) समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिनका लागि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले आज बालुवाटारमा ओलीले दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्।

केपी ओली र माधव नेपाल पक्षको छलफल सकियो

करिब चार महिनापछि भएको एमालेका दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टीमा देखिएको विवाद समाधनका विषयमा वार्ता भएको बुझिएकाे छ। यद्यपि, भेटवार्तामा के भयो भन्ने सार्वजनिक गरिएको छैन।

आफू पक्षीय नेतालाई जिम्मेवारी दिएर माधव नेपाल समूहले थाल्यो समानान्तर अभ्यास

सत्तारुढ दल नेकपा एमाले (माधव नेपाल समूह)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै आफू पक्षीय नेताहरुलाई समानान्तर जिम्मेवारी दिएको छ।

बाम गठबन्धनको सरकारलाई टिकाउनमा जोड दिने माधव नेपाल समूहको निर्णय

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले बाम गठबन्धनको सरकार टिकाउनमा जोड दिने निर्णय गरेको छ। बानेश्वरस्थित एक होटेलमा बसेको भेलाले विगतमा जे जस्तो भएपनि अब पार्टी नेतृत्वसँग मिलेर अघि बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।

ओली सरकार टिकाउने नटिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन : माधव नेपाल

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नरहेको बताएका छन्।

मन नलागी-नलागी ‘घर फिर्ता’

‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैचारिक लडाईँ भने समाप्त भैनसकेको उनि बताउँछन् ।

माधव नेपालले ओलीलाई भने : धेरै फुर्ती नदेखाउनुहोस्, तपाईंका फुर्ती देखाउने दिन गए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले नेतृत्व गरेको पार्टी आधिकारिक भएको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले नेकपा र सूर्य चिन्ह आफूहरुको भएको दाबी गरेका हुन्।

केपी ओलीसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताएका छन्।

केपी ओली नेपाली संस्करणका हिट्लर हुन् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई जर्मनीका शासक हिट्लरसँग तुलना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्