एकैपटक दुई जलविद्युत् आयोजना बन्दै
साना आकारका आयोजना बनाइरहेको यहाँको औद्योगिक घराना केसी समूहले केही ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। समूहले केही समयभित्र दुईवटा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्दैछ। समूहको एउटा आयोजना हाल निर्माण भइरहेको छ।