विद्युत् महशुल नतिर्नेको लाइन काटिने
नेपाल विद्युत् प्राधिकरणले बिजुली बालेर महशुल नतिर्ने ग्राहकको लाइन काट्ने भएको छ । प्राधिकरणले बिजुलीको बक्यौता ११ अर्ब रुपैयाँभन्दा बढी भएपछि रकम नतिर्ने ग्राहकलाई १५ दिने अल्टिमेटम दिएको हो । उक्त अवधिभित्र रकम नतिरे लाइन काटिने छ।