१२ आश्विन २०८१ शनिबार
image/svg+xml

चन्द्रमामा चिनियाँ सफलता

चीनको अन्तरिक्ष यानले चन्द्रमामा पहिलोपटक ऐतिहासिक अवतरण गरेको छ। चिनियाँ सञ्चारमाध्यका अनुसार उक्त अवतरण अहिलेसम्म अध्ययन अनुसन्धान नभएको नयाँ ठाउँमा भएको छ।

चिनियाँ राष्ट्रपतिको चेतावनीः ताइवानलाई स्वतन्त्र मुलुक बनाउन खोजिए सैनिक प्रयोग गर्छाैं

चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताएका छन्। उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिए।

कूटनीतिक सम्बन्ध सुदृढ बनाउने चीन र अमेरिकाबीच प्रतिवद्धता

चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुवै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको जनाएका छन्।

देङ : १९७८, चीन : ठीक ४० कटेसि...

सन् १९७८ मा चीनका नेता देङ स्याओपिङले आफ्नो देशको भाग्य मात्र परिवर्तन गरेनन्, बरू उनको दृष्टिकोणले संसारकै इतिहासको गतिमा परिवर्तन ल्यायो। बितेका चार दशकमा चीनले हासिल गरेका सफलताले चिनियाँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो र चीनले संसारको भूराजनीतिमा पुनः केन्द्रीय स्थान हासिल गर्‍यो।

अनुमतिकै टुंगो छैन चीन र जापन उडानको

नेपाल वायुसेवा निगमले माघ अन्तिम (फ्रेब्रुअरी पहिलो साता) जापन ओसाका सहरमा वाइड बडी जहाज उडाउने बताइरहेको छ। त्यसको लागि निगमले आन्तरिक तयारी समेत थालेको छ। तर, निगमले जापन उडानको लागि लिनुपर्ने अनुमति भने अझै टुंगो लागेको छैन्।

चीनमा पक्राउ परेकी क्यानेडेली शिक्षिका रिहा

चीन र क्यानडाबीच जारी तनाबकै बीच पक्राउ परेकी एक क्यानेडेली शिक्षिकालाई बेइजिङले रिहा गरेको छ। चीनबाट रिहा भएलगत्तै साराह म्याकआइभर ती शिक्षिका क्यानडा पुगिसेको समेत सञ्चारमाध्यमले जनाएका छन्। क्यानडाको अल्बर्टाकी शिक्षिका साराहलाई गैरकानुनी रूपमा चीनमा काम गरेको आरोपमा यसै महिनाको सुरुमा पक्राउ गरिएको थियो।

गुप्तचर पूर्वप्रमुखलाई आजीवान कारावास

घुस लिएको र गोप्य रूपमा व्यापार गरेको अभियोगमा चीनका गुप्तचर पूर्वप्रमुख मा चियानलाई आजीवन कारावासको सजाय दिइएको छ।

चीनमा नेपाली फिल्म प्रदर्शनको पहल

नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धननको चर्चा चलिरहँदा छिमेकी मुलुक चीनमा नेपाली फिल्म प्रदर्शनको तयारी गरिएको छ।

ठूला योजनाको चेपुवामा खोकना

प्राचीन बस्ती खोकना अहिले देशकै महत्वकांक्षी योजनाको चेपुवामा छ। सरकारले पाँच ठूला योजनाको रुट यही बस्तीमा पारेपछि त्यसको असर प्राचीन कला–संस्कृतिमा पर्ने देखिएको छ।

चीन जोड्ने सडक अलपत्र

नेपाल–चीन जोड्ने पूर्वाेत्तर ताप्लेजुङ र तिब्बतबीचको निर्माणाधीन सडकको काम सरकारी बेवास्ताकै कारण अलपत्र परेको छ।

‘नेपाल–चीन सम्बन्ध कमजोर बनाउने खेल’

अमेरिका र नेपालका परराष्ट्रमन्त्रीबीच इन्डो–प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरूले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रूपमा टिप्पणी गरेका छन्।

चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए।

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ।

लुम्बिनी र पोखरा रेलमार्गको काम पनि अगाडि बढ्ने

चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने भएको छ ।

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्