१२ आश्विन २०८१ शनिबार
image/svg+xml

चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष व्यापक कमी आएको छ। उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहँदै आएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो। तर सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमपछि चीनले पनि राष्ट्रसंघीय प्रतिबन्धलाई आत्मसात गरेको थियो।

चीनसँगको सीमामा भारतले ४४ वटा सडक निर्माण गर्ने

भारतले चीनसँगको सीमामा ४४ वटा रणनीतिक महत्वको सडक निर्माण गर्ने भएको छ। भारत सरकारले पञ्जाब र राजस्थानमा दुई हजार एक सय किलोमिटर भन्दा बढी एक्सियल र ल्याटरल सडकको पनि निर्माण गर्ने सिपिडब्लूडीको डकुमेन्टले देखाएको छ।

व्यापार विवादकाे समाधान यसै वर्ष : चीन

अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्र सही दिशामा ल्याउने चीनका वाणिज्यमन्त्री झोङ सानले चिनियाँ सञ्चारमाध्यमसँग बताएका छन्। अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय गरेको मन्त्री झोङले बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

दस हजार रसुवालीले लिए ‘चाइना पास’

चीनसँग सिमाना जोडिएको रसुवाका बासिन्दा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन्। त्यसका लागि रसुवागढी अध्यागमन कार्यालयले नेपाल–चीन आगमन–प्रस्थान अनुमति पत्र(चाइना पास) उपलब्ध गराउँछ। यो एकपटक बनाएपछि एक वर्षसम्म त्यहीं (केरुङ)बस्न पाइन्छ।

चीनको कोइलाखानीमा भएको दुर्घटनामा २१ को मृत्यु

उत्तरी चीनस्थित एक कोइलाखानीमा भएको दुर्घटनामा २१ जना कामदारको मृत्यु भएको छ भने ६६ जनाको जिवितै उद्धार गरिएको छ।

चीन र दक्षिण कोरिया एक खेल अगावै नकआउट चरणमा

दुबईमा जारी एसिया कप फुटबलमा शुक्रबार चीन र दक्षिण कोरियाले एक खेल अगावै नकआउट चरणमा स्थान बनाउँदा साबिकको विजेता अस्ट्रेलियाले भने अन्तिम १६ प्रवेश गर्न लिगको अन्तिम खेल जित्नुपर्ने भएको छ।

महिला टि–२० क्रिकेट : नेपालकाे सानदार सुरूवात, चीन १० विकेटले पराजित

थाइल्याण्डमा जारी महिला टि–२० स्मास क्रिकेटमा चीनलाई १० विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले सानदार विजयी सुरुवात गरेको छ।

माघको दोस्रो हप्तादेखि सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने

चीन सरकारले रसुवागढी नाकामा निर्माण गर्न लागेको सुक्खा बन्दरगाह निर्माणको काम माघको दोस्रो हप्तादेखि सुरु हुने भएको छ।  गत असोजबाट निर्माण कार्य सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको हो। बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर ठेकेदार छनोटको काम सकिएको छ। माघको दोस्रो सातासम्ममा निर्माणको काम सुरु भइसक्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न

अनुमान गरेभन्दा लामो समय चिनियाँ राजधानी बेइजिङमा चलेको विश्वका दुई शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता बुधबार अन्त्य भएको छ। दुई देशबीचको व्यापार वार्ताको उपलब्धी चाँडै सार्वजनिक गरिने अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ। उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ।

प्राचीन पनौतीको फोटो प्रदर्शनी

पनौतीमै जन्मीहुर्की फोटोग्राफीमा दुई दशक बिताइसकेका पत्रकार प्रशान्त श्रेष्ठलाई जन्मथलोको पुरानो अवस्थालाई फोटोको माध्यमबाट नयाँ पुस्तालाई चिनाउन हुटहुटी चलेको छ। उनले गत कात्तिकमा तिहारको छेको पारेर जन्मथलोमै ‘उहिले र अहिलेको पनौती’ शीर्षकमा तीनदिने फोटो प्रदर्शनी सम्पन्न गराए।

उत्तर कोरियाली नेता किम बेईजिङमा

उत्तर कोरियाली नेता किम जोङ उन चार दिने भ्रमणका लागि मंगलबार बेईजिङ पुगेका छन्। अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पसँगको दोस्रो भेटवार्ताको तयारीका लागि भन्दै चिनियाँ राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा उन बेईजिङ पुगेका हुन।

व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा

चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन्।

व्यापार विवादबारे वार्ता गर्न अमेरिकी टाेली चीन आउने

विश्वका दुई ठूला अर्थतन्त्र संयुक्त राज्य अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार युद्धबारे अर्को साता चीनको राजधानी बेइजिङमा वार्ता हुने भएको छ। व्यापार वार्ताका लागि अमेरिकाको एक उच्च प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

चीनमा हिमपात, ७ लाख २० हजार प्रभावित

चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्