११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हुवावेविरुद्ध अमेरिकाले लगायाे २० अभियाेग, व्यापार वार्तामै असर पर्ने खतरा

अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ। वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ।

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने आबेको प्रतिबद्धता

जापानका प्रधानमन्त्री सिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। उनले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजानेसमेत बताएका छन्।

चीनको ‘सफ्ट’ उदय

४० वर्ष पहिले ८८ प्रतिशत चीनको जनसंख्या दिनको २.७० डलरले बाँच्थ्यो भने सन् २०१३ सम्म आउँदै गर्दा यो आँकडा १.९५ मा झर्दै सन् २०१८ मा पुग्दा यो तथ्यांक झरेर १५ भन्दा तल पुग्यो। चीनको अप्रत्याशित र चामत्कारिक विकासको नमुनाले अहिले विश्व जगत् आश्चर्यचकित मात्र भएको छैन, चीनसँग डाहालु पनि। सन् २०१० मा जापानलाई पछि पार्दै चीन अमेरिकापछि दोस्रो महाशक्ति राष्ट्र भएर आएसँगै चीन निरन्तर आफ्नो विकासको यात्रामा विनाहिच्किचाहट अगाडि लम्किरहेको छ।

चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

कोटेश्वर–कलंकी सडक चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्।

चीनका लागि क्यानेडेली राजदूत बर्खास्त

क्यानडाका प्रधानन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानेडेली राजदूत जोन म्याकुलमलाई बर्खास्त गरेका छन्। अमेरिकी आग्रहमा क्यानडामा पक्राउ परेकी चीनको विशाल दूर सञ्चार कम्पनी हुवावेकी प्रमुख कार्यकारी मेङ वान्झाओलाई वासिङ्टन सुपुदर्गीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएको केही समयमै राजदूत म्याककुलमलाई प्रधानमन्त्री ट्रुडोले पदबाट हटाएको बिबिसीले उल्लेख गरेको छ।

ढुंगा पन्छाउन ‘ब्लास्टिङ’ गर्ने

चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकमा शुक्रबारदेखि ‘ड्रिलिङ’ थालिने भएको छ। सात महिनाअघि ट्र्याक खोलिएको सडकको पहिरो पन्छाउन ब्लास्टिङ गर्नुपर्ने भएपछि शुक्रबार ड्रिलिङ सुरु गर्न लागिएको हो। सडकमा ठूलाठूला ढुंगा खसेकाले ब्लास्टिङ गर्नुपर्ने अवस्था आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

क्यानेडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र

करिब सय जना पूर्वकूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानेडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन्। चीन सरकारले दुई क्यानेडेली नागरिकलाई चीनविरुद्ध गुप्तचरी गरेको आरोपमा पक्राउ गरेको छ। चिनियाँ सुरक्षाविरुद्धमा सूचना चुहाएको भन्दै चीनले उनीहरुलाई थुनामा राखेको हो।

जुनार र सुन्तला चीन निर्यात हुन सकेन

नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ। २०६९ सालमा नेपाल सरकार र चिनिया सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनिया सरकारले खरिद गर्ने सम्झौंता भएको थियो। तर, हालसम्म पनि जुनार सुन्तला चाइना जान सकेको छैन्।

पाकिस्तानद्वारा एक लाख केजी कपाल चीन निकासी

पाकिस्तानले पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी किलोग्राम मानव कपाल चीनतर्फ निकासी गरेको छ। पाकिस्तानको राष्ट्रिय सभामा शुक्रबार यससम्बन्धी जानकारी गराइएको थियो। राष्ट्रिय सभामा जानकारी गराइएअनुसार पछिल्लो पाँच वर्ष अवधिमा पाकिस्तानले चीनतर्फ एक लाखभन्दा बढी केजी मानव कपाल निकासी गरेको छ।

चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ। ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो।

चीन र रुसलाई चुनौती दिन अमेरिकाले ल्यायो नयाँ मिसाइल प्रणाली

संयुक्त राज्य अमेरिकाले चीन र रसिया जस्ता देशहरुबाट आउन सक्ने सम्भाव्य चुनौतीको सामना गर्न नयाँ मिसाइल प्रतिरक्षा नीति अघि सारेको छ।

कहाँ हरायो वामन जात्रा ?

उपत्यकाको प्राचीन संस्कृति, सभ्यता, किंवदन्ती र मौलिकता बोकेका धेरै जात्रा–पर्वहरू लोप भइसके। संरक्षणको अभावमा केही जात्राहरू लोपोन्मुख अवस्थामा छन्। लोप भइसकेका जात्रापर्वको उदाहरण धेरै भेटिन्छन्।

चन्द्रमामा उम्रिएका बिरुवा मरे

चीनको अन्तरीक्ष अभियानले चन्द्रमामा उमारेको कपासका टुसा रातको चिसो खप्न नसकेर मरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन्। चिनियाँ अन्तरीक्ष अभियान चांगीले चन्द्रमाको परको भूभागमा लिएर गएका कपासका बिउ टुसाएको भन्दै बेइजिङले मंगलबार फोटा सार्वजनिक गरेको थियो।

चीनले चन्द्रमामा बिरूवा उमार्‍याे

चीनको चांगी–४ मिसनले चन्द्रमामा लगेको बिउ उम्रिएको चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासनले बताएको छ।  चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो। चन्द्रमामा कुनै पनि पदार्थको बिउ उम्रिएको विषय अन्तरीक्ष अनुसन्धानको दीर्घकालीन बाटोतर्फ महत्वपूर्ण कदम बनेको छ।

चीनको आन्तरिक ऋणमा वृद्धि

सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकको मङ्गलबार सार्वजनिक तथ्याङ्कले जनाएको छ। यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्