११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘चीन र अमेरिका सहकार्य विश्वको चाहना’

संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुई चिनकाइले विश्वले चीन र अमेरिकाबीच सशक्त सहकार्यको अपेक्षा गरेको बताएका छन्।

पौने पाँच अर्बको कृषि तथा वनजन्य सामग्री आयात

चीनबाट साढे दुई वर्षमा चार अर्ब ७८ करोड बराबरको कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै चार अर्ब ७८ करोड ७६ लाख ६ हजार मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री आएको छ।

सम्भाव्यता अध्ययन कार्य ६०% सकियो

चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ। आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो। सम्भाव्यता अध्ययन सकिएपछि वातावरणीय पक्षको अध्ययन गरिने छ।

चिनियाँ नाका खुले पूर्वाधार निर्माण सहज

अर्थमन्त्री युवराज खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन भए नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका छन्। आइतबार अर्थ मन्त्रालयमा चिनियाँ राजदूत हौ यान्कीसँगको भेटमा अर्थमन्त्री खतिवडाले मुलुक संविधान कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धिमा अघि बढेकाले उत्तरी सीमाका नाका सञ्चालनमा आए पूर्वाधार निर्माणमा सहज हुने बताए।

चीन–अमेरिका व्यापार वार्तामा महत्वपूर्ण प्रगति

वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन्।

एक अर्ब डलर ऋण माग

श्रीलंकाले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ। श्रीलंकासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब छ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ।

सवारी चालकलाई एकवर्षे ‘चाइना पास’ दिने तयारी

चीनको केरुङ जान सवारी चालक र सहचालकलाई एकवर्षे पास दिने तयारी भएको छ। चीनसँग सीमा जोडिएका बाहेकका जिल्लाका राहदानीवाला चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एकवर्षे अस्थायी प्रवेश अनुमति दिन लागिएको हो।

चीन निर्यात भएन नेपाली जुनार

नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ । २०६९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनियाँ सरकारले खरिद गर्ने सम्झौता भएको थियो । तर हालसम्म पनि जुनार सुन्तला चीन जान जान सकेको छैन ।

श्रीलंकाद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ। श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ।

तानादेवी

काठमाडौं दरबार क्षेत्रको तलेजु मन्दिर नजिकै तानादेवीको मन्दिर छ। तानादेवी तलेजु भन्दा प्राचीन मन्दिर भएको अध्यताहरुले वाताएका छन्। तानादेवीको नजिकै इन्द्रचोक पर्दछ। इन्द्रचोक पहिले बागमती र कलामती (विष्णुमति) को दोभान थियो भनिन्छ। इन्द्रले स्नान गरेका दुई पवित्र नदीको संगमस्थल हुनाले कालान्तरमा यस ठाउँको नाम इन्द्रचोक रहन गयो। मानदेवको बुबा धर्मदेवको बेलादेखि बागमती उपत्यकाभित्र रहेका देवी अर्थात् दुर्गा र मातृका मान्ने चलन चलेको थियो। तात्कालिक समयमा बागमती इन्द्रचोक हुँदै जुद्ध शालिक भएतिर बगेको र अर्को विष्णुमति मखनबाट भिमसेनस्थान तलतिर बगेको हुनुपर्दछ। त्यसताका हनुमानढोकाको सिमाना फसिकेबसम्म फैलिएको थियो।

स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति गरिने

रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ। चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ।

अनशनकाे औचित्य समाप्त भएकाे छ : मन्त्री बाँस्काेटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशनको औचित्य समाप्त भएको बताएका छन्।

अमेरिका–चीन व्यापार वार्ता वासिङ्टनमा सुरु

संयुक्त राज्य अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार अमेरिकी राजधानी वासिङ्टन डिसीमा सुरु भएको छ। अमेरिकाले चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेविरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता सुरु भएको छ।

‘रुस र चीनको आणविक कार्यक्रम अपारदर्शी’

संयुक्त राज्य अमेरिकाले रुस र चीनको आणविक कार्यक्रम अपारदर्शी भएकाले ती कार्यक्रमलाई पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई पूर्ण पालना नगर्ने हो भने आफू पनि आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी पनि दिएको छ।

गृहमन्त्री थापालाई चीन भ्रमणको निम्तो, सहयोग बढाउँदै लैजाने प्रतिबद्धता

उत्तरी छिमेकी चीनले गृहमन्त्री रामबहादुर थापालाई भ्रमणका लागि निमन्त्रणा  गरेको छ। नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले बुधवार गृहमन्त्री थापासँग मन्त्रालयमा भेट गरी चीन भ्रमणको निम्तो दिएकी हुन्। भेटमा उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्