११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बीआरआइप्रति अमेरिकी टिप्पणीको चीनद्वारा कडा प्रतिवाद

नेपालमा चिनियाँ लगानी तथा बेल्ट एण्ड रोड इनिसियटिभका विषयमा अमेरिकी उच्च अधिकारीको टिप्पणीप्रति चीनले कडा प्रतिवाद गरेको छ। नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया मामिलाका उपसहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपालमा चिनियाँ सहयोग नेपालको हितमा हुनुपर्ने बताएका थिए।

पछि हटे ट्रम्प, रोकियो चिनीयाँ सामानमाथिको कर वृद्धि

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा ‘सन्तोषजनक प्रगति’ भएको भन्दै चिनीयाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करवृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्।

चिनियाँ सामानमाथिकाे करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्। दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए।

विश्वकप छनोटः चीनविरुद्ध नेपाल ५ रनले विजयी

आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपालले चीनविरुद्ध ५ रनको विजय हात पारेको छ। थाइल्यान्डको बैंककमा सोमवार भएको आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएर छनोट सम्भावना कायमै राखेको छ। खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको चीन ६ विकेट गुमाउँदै ७२ रनमा समेटियो।

चीन जोड्ने  सडक स्तरोन्नतिमा ढिलाइ

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिमा ढिलाइ भएको छ। मैलुङ–स्याफ्रुबेंसी सडकमा झरेको ढुंगा ब्लास्टिङका लागि समयमै अनुमति नपाउँदा ढिलाइ हुन पुगेको हो।

रसुवागढी नाका जोड्ने दुबै सडकलाई प्राथमिकता : मुख्यमन्त्री पौडेल

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवैतर्फको सडकको व्यवस्थापन गर्नुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नाका अवलोकनका लागि आइतबार रसुवागढी पुगेका मुख्यमन्त्री पौडेलले दुवै सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। वार्षिक रूपमा अर्बौं राजस्व उठ्ने गरे पनि सडकको दुरवस्था देखेर उनले दुःख व्यक्त गरे।

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच भेटवार्ता

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गरेका छन्। पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा परेका युवराज सलमानले दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने क्रममा चीन आइपुगेका हुन्। उनी बिहीबार चीनको राजधानी बेइजिङ आइपुगेकाे समाचारमा जनाइएको छ। यसअघि उनले पाकिस्तान र भारतको भ्रमण गरिसकेका छन्।

अमेरिका–चीन व्यापार विवादबारे पुन: वार्ता सुरु

अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि पुनः  वार्ता सुरू गरेका छन्। व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि उनीहरू पुन वार्ताको टेबलमा आएका हुन्।

प्राचीन मूर्ति संरक्षणमा मूर्तिकला सिकाइ

अमित लामा साम्बुलिङ गुम्बाका लामा हुन्। भरतपुर महानगरपालिका वडा नम्बर २० नयाँबजारका उनी बौद्ध धर्म बारे अध्ययन गरेर लामा बनेका हुन्। उमेरले २१ वर्षमा हिँड्दै गरेका अमितमा लामा कामसँगै मूर्ति बनाउने कलामा पोख्त हुने चाहना छ। बुद्धका मूर्ति पुज्ने कामसँगै मूर्ति बनाउन पनि सिक्ने इच्छा पुरा गर्न यतिबेला तालिममा व्यस्त छन्।

चीनलाई कसले भरपेट खुवाउने ?

चीन आज संसारकै सबभन्दा ठूलो कृषि अर्थतन्त्र भएको देश हो। सन् २०१८ मा चीनले ६५ करोड ७९ लाख मेट्रिक टन अन्न उत्पादन गर्‍यो। यो संसारको कुल अन्न उत्पादनको २२ प्रतिशत हुन आउँछ। चीनले विश्वको औसत अन्न उत्पादनभन्दा १.२ गुणा बढी अन्न उत्पादन गर्नु उल्लेखनीय कुरा हो।

चीन–अमेरिकाबीचको वार्ता आगामी हप्ता

बेइजिङमा जारी चीन–अमेरिका व्यापार वार्ता आगामी हप्ता वासिङ्टनमा हुनेगरी टुङ्गिएको चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार बताएका छन्। व्यापार वार्ताका लागि दुई पक्षबीच पुनः आगामी साता वासिङ्टनमा भेट हुनेछ, सीले अमेरिकी तथा चिनियाँ वार्ता टोलीका उच्च प्रतिनिधिसँगको भेटमा बताए।

आधा केजी सुन सहित एकजना पक्राउ

चीनबाट अवैध तरिकाले ल्याइएको करिब आधा केजी सुन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनका दावा छिरिङ तामाङ रहेका छन्।

‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’

चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु-याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्। मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने र विभिन्न ऋङ्खलावद्ध उत्सवका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उनले उल्लेख गरेका छन्।

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

चीनमा प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि भएको छ। शनिबार सार्वजनिक एक तथ्याङ्कअनुसार सन् २०१७ भन्दा सन् २०१८ मा प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि भएको हो।

कम्युनिस्ट होइन, कन्फ्युसियाली चीन

नयाँ शीतयुद्ध ? को बीच ? चीन र अमेरिका सम्बन्ध जब–जब संकटमा पर्छ, तबतब नयाँ शीतयुद्धको चर्चा चल्न थाल्छ। पुरानो शीतयुद्ध समाप्त भएको तीन दशक पुग्न लाग्दा त्यो धङधङीबाट विश्व राजनीति मुक्त हुन सकेको छैन तर अमेरिका र चीनबीच भविष्यमा युद्ध हुनसक्ने आँकलन अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँछन्। तर यहाँ यस्तो पुस्तक छ जसले वैचारिक ध्रुवमा बाँडिएको अति जटिल शीतयुद्धको चरमोत्कर्षमा विकसित चीन अमेरिका सम्बन्धको जीवित दस्तावेज हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्