१५ मंसिर २०८१ शनिबार
image/svg+xml

जसले धेरैलार्इ जीवन दिए उनै असहाय

सन् १९९१ मा भुटान छाडेका नेपालीभाषीको पछि लाग्दै डा. भम्पा राई भारत हुँदै नेपाल आए । शरणार्थी जीवन व्यतीत गर्नुपर्ला भनेर उनले कुनै पल पनि सोचेका थिएनन् ।

दीर्घजीवन : सन्तुष्टि र खुसी

‘म आजको २० दिनपछि ९१ वर्ष पार गरी ९२ वर्षमा पाइला टेक्दै छु। आज कुरा सकिएला जस्तो छैन, म भोलि बारा जानु छ, त्यहाँ एउटा मुद्दामा बहस गरेर ४, ५ दिनपछि फर्किन्छु, फेरि थप कुरा गरौंला,’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अभिव्यक्ति हो यो। जेठको दोस्रो साता भण्डारी निवास बानेश्वरमा कुरा गरिरहँदा उनी ९१ वर्षका थिए, यो सामग्री प्रकाशित हुँदा अहिले उनी ९२ मा टेकेका छन्।

वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

गंगामायाको जीवन रक्षाको लागि आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले छोराको हत्यामा संलग्नहरुलाई कानुनी कार्वाहीको माग गर्दै अनसनमा रहेकी गंगामायाको जीवन रक्षाका लागि संवेदनशील हुन आग्रह गरेको छ ।

कुखुरापालनबाट जीवन बदल्दै खजुराका किसान

बाँकेको खजुरामा कुखुरापालन गर्दै आएका किसान गेहेन्द्रप्रसाद शर्मा अचेल निकै खुसी छन् । आठ वर्ष वैदेशिक रोजगारीमा बस्दासमेत खासै आम्दानी गर्न नसकेका शर्मा यतिखेर हर्षित हुनुको कारण हो– कुखुरापालनबाट सोचेभन्दा बडी आम्दानी गर्न सफल हुनु।

आर्थिक सम्वृद्धिको पहिलो आधार सडक,फेरिदै डोल्पालीको जीवनशैली

दुई किलोमिटर मात्र सडक निमार्ण गर्न बाँकी रहेको छिन्चु जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्यले अन्तिम रूप दिन थालेपछि डोल्पालीको सडक सपना साकार हुँदै गएको छ । ०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरता अझै कायमै छ।

गामायाको जीवनरक्षाका लागि धर्ना

गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ।

शत प्रतिशत जीवन सार्वजनिक

लामो समयदेखि अमेरिकामा बस्दै आएका नेपाली मूलका अंग्रेजी लेखक राजन थपलियाले ‘हन्ड्रेड पर्सेन्ट लाइफ’ सार्वजनिक गरेका छन् ।केहि दिनअघि क्यानडाको डिजिटल जर्नलबाट सार्वजनिक भएको उनको किताब न्यूयोर्कको कुइन्स क्रोेनिकल र लन्डनको वोर्लडनेट डेलीबाट पनि सार्वजनिक भएको थियो । पुस्तक नर्थ क्यारोलिनास्थित लुलु प्रेसबाट प्रकाशित भएको हो।

मंगलग्रहमा प्राचिन समयमा जीवन भएको अनुमान

नासाको एक रोभरले मंगलग्रहका चट्टानहरुमा भेटिएका अवशेसहरुलाई हेरेर त्यहाँ प्राचिन कालमा जीवहरु रहेको अनुमान गरेको छ। रोभरले तीन अर्ब बर्ष पहिले देखि चट्टानहरुमा कार्बनका अणुहरु, वायुमण्डलमा मिथेन र मौसम परिवर्तनको संकेतहरु पनि फेला परेको छ।

गर्मीका कारण जनजीवन कष्टकर

पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ।

मानव जीवनमा प्लास्टिकको प्रयोग (फोटो फिचर)

काठमाडौमा मात्रै दैनिक रुपमा करिब ४७ लाखदेखी ४८ लाखसम्म प्लास्टिकका पोलिथिन प्रयोग हुने गरेको छ। काठमाडौमा दैनिक प्रयोग गरिने १६ प्रतिशत काम नलाग्ने वस्तुमा प्लास्टिक पर्छ।

छैन जीवनजल, झाँक्रीको भर

धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’ उहिया गाउँमा बिरामीको उपचारका नाममा दैनिक कुनै न कुनै घरमा ढ्यांग्रो बजेकै हुन्छ। ‘स्थानीय बासिन्दा औषधिलाई भन्दा झाँक्रीलाई विश्वास गर्छन्,’ दासले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्