१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ।

गाउँ : वृद्धाश्रम

आधुनिक जीवनशैली अपनाउने क्रम बढेसँगै समाजमा परिवारबाट छुट्टिएर बस्ने चलन पनि निकै बढेको छ । पश्चिमा समाजमा छोराछोरी बालिग हुनासाथ अभिभावकबाट छुट्टिने गर्छन् । त्यही संस्कृतिको प्रभावमा परेका नेपालीहरूमा पनि बाबुआमासँग छुट्टिएर अलग बस्ने परिपाटी सुरु भएको छ ।

वैदेशिक रोजगारीले बदलिँदै माझी समुदाय

खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवा माझीगाउँका सोमबहादुर माझी हाल काठमाडौंको नयाँ बानेश्वरमा सहरी जीवनशैली अपनाएर बसिरहेका छन्। सोही ठाउँका बिर्खबहादुर माझी पनि हाल भक्तपुरको ठिमीमा घर बनाएर सुख–सयलका साथ जीवनयापन गरिरहेका छन्।

थापाको ‘मेरो जीवनयात्रा’ सार्वजनिक

अवकाशप्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी संगीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार एक कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवं सांसद खड्गजीत बरालले सार्वजनिक गरे।

चन्द नेतृत्वकाे नेकपाले गरेकाे बन्दका कारण राप्तीकाे जनजीवन प्रभावित

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको राप्ती बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पुर्ण रुपले बन्द छन्।

जीवनशैली नै फेसन

समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरु दिनानुदिन बढेको पाइन्छ। समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरुमा शहरिया युवा पुस्ता निकै अगाडि रहेका छन्। साना नानीदेखि उमेरका पाकाहरु सम्मलाई फेसनले निकै प्रभाव पारेको देख्न सकिन्छ।

मन, वचन र कर्म एकै भएको मान्छे सुन्दर

सुन्दरतालाई हामीले बृहत् रुपमा बुझ्नुपर्ने हुन्छ। सुन्दरता भन्ने बित्तिकै भौतिक रुपमा मात्र सुन्दर हुनु भन्ने बुझिन्छ तर यतिमा मात्रै सुन्दरताको परिभाषा राख्दा अपुरो हुन्छ। विश्वमा महिलाको सुन्दरतालाई बढी ग्राह्यता दिएको पाइन्छ। देश कालअनुसार सुन्दरताको मानक बनाएको पाइन्छ।

जीवन, डर र मृत्यु

४० वर्षका एकजना बुद्धिजीवी पुरुषको ज्यादै मिल्ने साथीको अल्पायुमै हृदयाघात (हर्ट अट्याक) भएर मृत्यु हुनपुग्यो। ती साथीको उमेर मुस्किलले ३६–३७ थियो। साथीको निधनपछि उनलाई आफू पनि हृदयाघातको शिकार भइएला कि, अचानक नै मरिएला कि भन्ने डरले सताउन थाल्यो। यसका लागि उनले हृदय रोग विशेषज्ञलाई जँचाउने र विभिन्न खाले रगतको परीक्षण गर्ने गर्न थाले।

जीवनबोधका चिन्तनहरू

प्रस्तुत पुस्तकमा पट्यारलाग्दो पाठकीय झिजो र झमेला छैन । सन्देश, उपदेश वा अथवा विचारकै मात्र बग्रेल्ती भीड भेटिँदैन।

सोलुखुम्बुमा दुईफिट बाक्लो हिउँ

खुम्बु क्षेत्रमा दुईफिट बाक्लो हिउँ जमेको छ। बुधबारदेखि मौसममा आएको प्रतिकूलतासँगै बुधबार रातिबाट भएको हिमपातले सोलुखुम्बुभरिकै जनजीवन कष्टकर बनेको छ।

हिमाली जिल्लामा हिँडडुल नै ठप्प

लगातारको हिमपातले हिमाली जिल्लामा जनजीवन कठिन बनेको छ। अघिल्लोपटक परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि हिमाली जिल्लावासीको दिनचर्या अस्तव्यस्त बनेको छ। उच्च हिमाली भेगमा महिना दिनदेखि आउजाउ रोकिएको छ।

प्रधानमन्त्रीको प्रेम दर्शन

फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो। यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँसे। यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

जीवनको उत्तरार्धमा खुसीको यात्रा

माटोको काम गर्दै जीविका चलाउँदै आएको उनको परिवारको जीवनचक्र रोकिने अवस्थामा आइपुगेको थियो। उनले हिम्मत नहारी आफ्नो परिवारको रथ अगाडि बढाइन्। तिनै ८२ वर्षीय टुइलमायालाई रथमा राखेर केटाकेटीदेखि ठूलासम्मले परिक्रमा गराउँदा बिहीबार सवै हर्षित देखिए।

मेलम्ची नरसाउने ढुंगेधारा

उपत्यकालाई जीवन्त राख्न बनाइएका धेरैजसो ढुंगेधारा (ल्वहं हिति) मा पानी सुकेको दशक नाघ्यो। यसअघि सरकारी निकाय र स्थानीयस्तरबाट केही ढुंगेधारा ब्यूँताउने प्रयास र पहल पनि भए। तर, पानी खस्ने मुहान रसाउन छाडेपछि ढुंगेधाराले पानी पाएनन्। अन्ततः ढुंगेधाराको अस्तित्व नै गुम्न थाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्