११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो: प्रदीप गिरी

'अहिले राष्ट्रिय सहमति आवश्यक छ,' उनले भने, 'यहाँ प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो। सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराउँछु।'

माओवादी केन्द्र त्याग गरेका चार प्रदेश सांसदको पद खारेज हुँदै

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश २ का चार सांसदको पद आज खारेज हुँदैछ । आइतबारसम्म स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेश सभा सचिवालयलाई पठाएको छ ।

सांसद पद खोसिएका चारजना मन्त्रीको पुनर्नियुक्ति

बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आज पुनः नियुक्ति भएकाे छ। नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारैजना मन्त्रीहरुले पदमा पुनर्नियुक्ति भएकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुनः नियुक्त गरेका ती चारै जनाको जिम्मेवारी पनि तोकिएको छ।

चार सांसद पदमुक्त

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराए।

संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छः सांसद पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रतिनिधिसभा सातौं अविधेवेशनले पारित गर्छ कि गर्दैन भनेर जनताले हेरेर बसेको बताएका छन्।

सांसदमाथि कारबाही पार्टी शुद्धीकरणसँगै संकट पनि

माओवादी केन्द्रले मंगलबार साधारण सदस्य पनि नरहने गरी चार सांसदलाई पार्टीबाट निष्कासन गरेको पत्र संसद् सचिवालयमा दर्ता गरेसँगै त्यस्तो प्रक्रिया अन्य दलमा पनि देखिन थाल्ने विश्लेषण हुन थालेको छ। एमाले, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक विवाद निकै चर्को बन्दै गएको छ। आन्तरिक विवादमा पार्टी नै छाडेर गएकालाई कारबाही गर्नुले पार्टी शुद्धीकरणमा सहयोग पुग्ने तर असहमति राखेकै आधारमा एकअर्कालाई कारबाही गर्ने, निष्कासन गर्ने क्रम बढ्दै गए त्यसले संसदीय राजनीतिलाई निकै कमजोर पार्ने विश्लेषण गर्न थालिएको छ।

‘प्रदेशको नामकरण हुन नसक्दा लाज भयो’

निर्वाचित जनप्रतिनिधिका रूपमा नागरिकले प्रदेशको नामकरणको विषयमा सोध्ने गरेको प्रदेश सांसद राईले बताए। ‘लाजगाल भइसक्यो। हामीलाई धेरै मान्छेले प्रश्न सोधिरहेका छन्। जनप्रतिनिधिको हिसाबले उहाँलेहरूले प्रश्न राख्नु सान्दर्भिक पनि हो,’ सांसद राईले भने, ‘प्रदेशको नामकरणको विषयलाई मैले अत्यन्तै गम्भीरताका उठाइरहेको छु।

लुम्बिनी प्रदेश: दुई सांसदले दल परित्याग गरेको जानकारी सदनमा

नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णयअनुसार दल परित्याग गरेका न्यौपाने र पन्थीको पद मंगलबारको प्रदेशसभाको बैठकले रिक्त भएको घोषणा गरेको हो। न्यौपाने रूपन्देही क्षेत्र नंं १(२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(ख)बाट निर्वाचित प्रदेशसभा सदस्य थिए।

माओवादी केन्द्रले गर्‍यो चार सांसदलाई कार्बाही

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कार्बाही गरेको छ। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कार्बाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ।

लुम्बिनी प्रदेशः दुई सांसद कार्बाहीमा, दल परित्याग गरेको जानकारी सदनमा

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी कारबाहीमा परेका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्।

प्रदेशको नामाकरण हुन नसक्दा 'लाजगाल' भयो : सांसद राई

प्रदेश सांसद राजन राईले लामो समयसम्म प्रदेशको नामाकरण हुन नसक्दा ‘लाजगाल’ भएको बताएका छन्।

संसद्मा संख्याको खेल सुरु

हिउँदे अधिवेशनमा सरकारलाई ढाल्न नसके पनि बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा सरकार ढाल्न सकिन्छ कि भन्ने छलफल पनि हुन थालेको छ। नीति तथा कार्यक्रम पारित नभएमा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भएकाले अबको खेल त्यहाँ पुग्छ कि भन्ने राजनीतिक विश्लेषण छ। हिउँदे अधिवेशन अब धेरै दिन नचल्ने सरकारी स्रोत बताउँछ। यो सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल पारेमा सरकारले बजेट ल्याउन सक्दैन।

राम्रा कामको बेवास्ता भयोः महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई बेवास्ता गरेर विरोधीहरु सरकारको आलोचनामा मात्र तल्लीन भएकामा आक्रोश पोखेका छन्।

सदनलाई प्रभावकारी बनाउन सांसदको माग

मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ।

एमालेबाट ओली अन्तिम प्रधानमन्त्रीः सांसद कँडेल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्