१५ मंसिर २०८१ शनिबार
image/svg+xml

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ।

पर्यटकीय गन्तव्यमा बसन्तपुरको नाम छुट्यो

सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १०० स्थानमा काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको नाम छुटेको छ। सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवं विकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ वटा विश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तूप, स्वयम्भू स्तूप र पशुपतिनाथ मन्दिरको नाम समावेश छ। यसका साथै नारायणहिटी दरबार संग्रहालयलाई पनि गन्तव्य सूचीमा समावेश गरिएको छ।

आठ महिनामा २२ हजार पर्यटक भित्रिए

रसुवागढी नाका हुँदै आठ महिनामा २२ हजार भन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार २०१९ जनवरीदेखि अगष्ट अन्तिमसम्ममा २२ हजार ८ सय ४९ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौँ, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

‘धुलैधुलोको फोटो अन्तर्राष्ट्रियकरण नगरौं’

सरकारले ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। तर, आवश्यक पूर्वाधार र प्याकेज नहुँदा सरकारी लक्ष्यअनुसार पर्यटक नआउने व्यवसायीले गुनासो गरिरहँदा पर्यटनमन्त्री योगेश भट्टराईले भने अनावश्यक प्रचारप्रसार नगर्न व्यवसायीलाई सुझाएका छन्।

रसुवाका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटक बढे

रसुवाका पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक आउने क्रम बढेको छ। जिल्लाको लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढीलगायतका क्षेत्रमा स्वदेशी पर्यटकको आगमन बढेको छ।

कोरियाली पर्यटक बढाउन पहल गरिने

नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने भएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई भाडादर घटाइने

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई टिकटको भाडादर घटाइने बताएका छन्। कर्णाली प्रदेशको डोल्पा लगायतका पर्यटकीय सम्पदाले धनी भएका जिल्लामा हाल हवाई भाडादर महँगो भएको र सडक यातायात सहज नभएकाले पर्यटकको संख्या घटिरहेको मन्त्री ज्वालाले बताए।

कोरियाली पर्यटक बढाइने

नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने जनाएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

पोताला दरबार घुमेर हेर्दा...

फराकिला सडक र गगनचुम्बी महल कुनै पनि देशको आर्थिक विकास र समृद्धिका सूचक हुन्। विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठाउँछ। तर, समाजलाई जीवन्त राख्न आर्थिक विकास मात्र होइन, आफ्नो पहिचान चाहिन्छ। आर्थिक विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठे पनि मौलिक संस्कृति र परम्परा बाँकी रहेन भने अस्तित्व समाप्त हुन्छ।

काठेपुल बगाउँदा पर्यटकलाई सास्ती

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको निकुञ्ज सुरक्षा क्याम्प नजिक सुलिगाड खोलामाथि लगाइएको काठेपुल लगातारको वर्षाका कारण आएको बाढीले बगाएको हो।

भिजिट नेपाल २०२० केन्द्रित पुनर्निर्माणमा कामनपा

उनले भिजिट नेपाल २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नुपर्ने भन्दै सबै जनप्रतिनिधिलाई पनि एकाबद्ध भएर अघि बढ्न आग्रह गरे।

ढुंगा उत्खनन गर्ने नियन्त्रणमा

रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी आसपासबाट ढुंगा–गिटी निकालिरहेको अवस्थामा डोजरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बराहपोखरीको डिपिआर बन्दै

सरकारले सयवटा गन्तव्यको सूचीमा समावेस गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

रात्रिकालीन व्यवसायको विवाद चर्कदो

सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउँदैछ। गण्डकी प्रदेश सरकारले १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘आन्तरिक भ्रमण वर्ष २०१९’ मनाइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्