'चिनियाँ पर्यटक महत्वपूर्ण’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा जोड पुगेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा जोड पुगेको बताएका छन्।
सिरहामा पर्यटन वर्ष २०२० लाई स्वागत्त गर्न सरसफाई कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिएको छ। महिला एवं बालबालिका सरसफाई अभियन्ताहरुले प्रदेश २ अन्तर्गत सिरहाको सलहेश फूलवारी पर्यटकीय क्षेत्रमा बुद्यबारबाट नियमित सरसफाई सुरु गरेको छ।
खेलकुदको माध्यमबाट चिनियाँ पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
दसैं र तिहारको मौका पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडा सदस्य घनश्याम राई आफन्तसहित पर्यटकीयस्थल ट्याम्केडाँडा पुगे। उनले लामो समयदेखि खोटाङ र भोजपुरको सीमामा रहेको ट्याम्केडाँडा घुम्ने रहर यसपल्ट दसैं तिहारको फुर्सदको समयमा पूरा गरेका हुन्।
मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ। चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो।
चीनले बढीभन्दा बढी नागरिक नेपाल पठाउने आश्वासन दिएका बेला स्थल र हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा पर्यटन व्यवसायीको जोड।
रसुवाको पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटकीय सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटक भित्रने क्रम बढेको हो।
रसुवाको पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटकीय सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटक भित्रने क्रम बढेको हो। पर्यटक आउने क्रम सुरु भएसँगै जिल्लामा सञ्चालित तीनवटै पदमार्गका होटल भरिन थालेका छन्। सदरमुकाम धुन्चेसहित लाङटाङ पदमार्ग, गोसाइँकुण्ड पदमार्ग र तामाङ सम्पदा मार्गमा पर्यटक पुग्ने क्रम बढेको छ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ। सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो। वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए।
नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ।
पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ।
उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ ।
पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।
तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् ।
रसुवाको पर्यटकीय क्षेत्र थुमनबाट हराएका दुई जना विदेशी पर्यटकमध्ये एक जना मृत भेटिएका छन्।