१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पर्यटक तान्दै परम्परागत घर

नेपालमा विदेशी पर्यटक के हेर्न आउँछन् ? धेरैको उत्तर हुनसक्छ– प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन हेर्न पर्यटक आउँछन्। भक्तपुरमा भने यीबाहेक पनि हेर्न पर्यटक आउँछन्। पर्यटक यहाँका परम्परागत घर हेर्न पनि आउँछन्।

पर्यटक तान्दै ‘घर’

नेपाल भित्रिने विदेशी पर्यटक के हेर्न नेपाल आउलान्? धेरैको उतर हुन सक्छ, यहाँंको प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन इत्यादी। भक्तपुर आउने पर्यटक भने यिबाहेकका पनि हेर्न पनि यहाँं आउने गर्दछन्। पर्यटकहरु यहाँका परम्परागत घर हेर्न पनि आउने गर्दछन्।

पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने

नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ।

यसरी हुनेछ भ्रमण वर्षको उद्घाटन

सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ। अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

विदेशी पाहुनालाई ‘क्रिसमस’को कोसेली

क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्किने तिनै पाहुनालाई लक्षित गरी यहाँका ठूला होटलले क्रिसमसको भव्य तयारी गरेका छन्। मंगलबार ‘क्रिसमस इभ’मा जुटेको पर्यटकीय क्षेत्र लेकसाइडका होटलमा भिन्दै चमक छ।

जिल्लामा कार्ययोजना तयार

नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा जिल्लामा कार्ययोजना निर्माण गरिएको छ। पर्यटकको आगमन बढाउनका लागि विभिन्न प्याकेज सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, पहिलो दिन विभिन्न जोडीलाई निःशुल्क खाना तथा बासको व्यवस्था गर्ने लगायत योजना तयार पारिएको हो।

रसुवागढी नाकाबाट पर्यटक भित्रिने क्रम बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ। पछिल्लो ११ महिनामा नाकाबाट साढे ३० हजार पर्यटक नेपाल आएका छन्।

नेपाल भ्रमण वर्षका सर्तहरू

कति पर्यटक आए भन्दा पनि ती कति दिन नेपालमा बसे भन्ने महत्वपूर्ण कुरा हो। पर्यटकको बसाइ अवधि जति धेरै लम्ब्याउन सकियो, त्यति नै भ्रमण वर्ष सफल हुन्छ।

भारतीय गाडी लैजान रोक

पाहुना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीलाई पोखरा क्षेत्रभित्रका पर्यटकीय गन्तव्यसम्म दृष्यावलोकन गर्नेगरी आउजाउ गर्न रोक लगाइएको छ। भारतीय निजी सवारीलाई भने चाहेका गन्तव्यसम्म आउजाउ गर्न अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ।

हिमपातले पर्यटक आवागमन ठप्प

भारी हिमपातका कारण कर्णालीमा पर्यटक आवागमन ठप्प भएको छ। हिउँ पग्लिएर सडक चिप्लो भएपछि सवारीसाधन जान सक्ने अवस्था छैन। हवाईमार्गबाट जिल्ला सदरमुकामसम्म आउन सक्ने अवस्था देखिए पनि पर्यटकीय गन्तव्यसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय बताउँछन्।

११ महिनामा साढे १३ लाख पर्यटक लुम्बिनीमा

प्रदेश ५ सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारले मनाउने संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० ले लुम्बिनीमा पर्यटक आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन। लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा (जनवरी देखि नोबेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या खासै नबढेको देखिएको छ।

कंकाली इशरा पोखरीलाई ६ करोड ९४ लाख

पर्यटकीय, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको सिम्रौनगढको कंकाली इशरा पोखरीको सौन्दर्यकरणका लागि प्रदेश २ सरकारले ६ करोड ९४ लाखको कार्यक्रम लागू गरेको छ। विकास निर्माणमा निकै पछि परेको सिम्रौनगढ क्षेत्रमा रहेको पोखरीको सौन्दर्यकरण कार्यक्रमको आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरेका छन्।

नेपाल भ्रमण वर्ष सफल पारौं

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘पर्यटन वर्ष २०२०’ घोषणा गरेको छ। यो सफल पार्न रात्रिबस सञ्चालन, सडक र सुविधाका लागि कदम चालिएका छन्। यसघिको भ्रमण वर्ष २०११ ले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि ७ लाख मात्रै पर्यटक नेपाल आए। पछिल्लो २०१८ को तथ्यांकअनुसार नेपालमा ११ लाख पर्यटकले भ्रमण गरे, जसमा सबैभन्दा धेरै क्रमशः भारत, चीन, अमेरिका, र युकेबाट पर्यटक आए। २०२० मा २० लाख पर्यटक पुर्‍याउन थुप्रै रचनात्मक पहल तत्काल गर्न आवश्यक छ।

पर्यटकीयस्थलमा उद्यौली साकेला

उद्यौली पर्वको अवसरमा खोटाङको पर्यटकीयस्थलमा साकेला शिली नाचिएको छ। किरात समुदायको महान चाड उधौली साकेला यलेदोङको अवसरमा किरात राई समुदायले बिहीबार शुभकामना आदान–प्रदान गर्दै जिल्लाका मझुवागढी, रुपाकोट, महुरेगढी, बगरेभञ्ज्याङ, तुवाचुङ लगायतका स्थलमा साकेला नाचेका हुन्। किरात समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ।

सेतो छालावाला मात्रै पर्यटक होइनन्- मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकको वर्गीकरण छाला र देशको आधारमा गर्न नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्