१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लुटपाटमा संलग्न भएकाे आरोपमा ४ पक्राउ

डकैती गरेको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ ।कात्तीक १८ गतेका दिन राति सितापुर भंगहा ३ का ३५ वर्षीय नरेश यादवलाई आफनो दिदी घरबाट ज. ६ प. ९५९३ न. को मोटरसाइकलमा चढी आफ्नो घर फर्किने क्रममा रातु खोला पक्राउ परेका युवकहरुले घेरेर उनको साथमा रहेको १२ हजार नगद र डिस्कभर मोटरसाइकल र लेनोभो कम्पनीको मोवाईल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

लागु औषधसहित एक पक्राउ

लागु औषधसहित एक जना तस्करलाई इलाका प्रहरी कार्यालय गौशालाले पक्रेको छ। इप्रका गौशालाका प्रमुख प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटेको प्रहरी टोलीले गौशाला नगरपालिका १ बस्ने २६ वर्षीय सुरेश साहलाई तस्करी गरी ल्याएको लागु औषध सहित पक्रेको हो।

श्रीमतीलाई छुरी प्रहार गर्ने पक्राउ

श्रीमतीलाई धारिलो हतियार छुरी प्रहार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–८ स्थित राजदूत होटलमा २ दिनदेखि बस्दै आएका पाल्पा भुबन पोखरी–४ घर भएका ३७ वर्षीय खुमानन्द पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

नयाँ शक्ति पार्टीका केन्द्रीय नेता पूर्वएआईजी भट्टराई भ्रष्टाचार आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्व एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार आरोपमा हिरासतमा लिएको छ।

गोरु काटेको अभियोगमा शेर्पाद्वय पक्राउ

गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिरी नगरपालिका-५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन् ।

एक लाख घुससहित अमिन पक्राउ

महोत्तरी जिल्लाको नापी कार्यालय, जलेश्वरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले रु एक लाख घुससहित एक अमिनलाई पक्राउ गरेको छ।

नापी कार्यालयका खरिदार एक लाख घुसहित पक्राउ

नापी कार्यालय महोत्तरी जलेश्वरका अमिन (खरदार) रु. एक लाख घुस रकमसहित साेमबार थलोमा नै पक्राउ परेका छन् ।

सालकको खबटासहित ५ पक्राउ

प्रहरीले लोपोन्मुख वन्यजन्तु सालकको खबटासहित ५ जनालाई पक्राउ गरेको छ। मेची राजमार्गअन्तर्गत बरबोटे गाविस–२ बाट आइतबार राति उनीहरू सालकको ३ किलो खबटासहित पक्राउ परेका हुन्।

ब्रुनार्इ पठाइदिने बहानामा ३० जनासँग १ कराेड ३० लाख ठग्ने पक्राउ

वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

बिजुली हुकिङ गर्ने ११ जना पक्राउ

विद्युत् चुहावट बढेपछि सप्तरीमा विद्युत् ‘हुकिङ’ नियन्त्रण गर्ने अभियानअन्र्तगत आज ११ जना विद्युत् चोरलाई पक्राउ गरिएको छ ।

४१ तिब्बती पक्राउ

नेपालको वाटो हुँदै भारत तर्फ गईरहेका ४१ जना तिव्वती नागरिकलाई प्रहरीले सोमवार धनगढीमा पक्राउ गरेको छ। पक्राउ गरिएका ४१ तिव्वती नागरिकलाई सोमवार नै अध्यागमन बिभाग काठमाडौं पठाइएको छ।

विदेश पठाईदिन्छु भन्दै रकम ठगेर फरार कंडेल पक्राउ

वैदेशिक रोजगार कसुर मुद्दामा सजायँ फैसला भए पनि फरार वाग्लुङ विहु–८ घर भएका ४४ वर्षीय कृष्ण प्रसाद कडेललाई प्रहरीले पक्राउ गरेको छ। अदालतले उनलाई असार १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरीवाना ठहर गरेको थियो।

स्राेत नखुलेकाे १५ लाख रुपैयाँसहित एक पक्राउ

विरगंज उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय रन्जित सर्राफलाई प्रहरीले श्रोत नखुलेको नगद १५ लाख रुपैया सहित पक्राउ गरेको छ।

जुत्तामा लुकाइएको २ लाख भारुसहित एक पक्राउ

वीरगन्ज उपमहानगरपालिका–१६ बस्ने १७ वर्षीय मनु तिवारीलाई २ लाख भारतीय रुपैयाँ र नेपाली ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

आफ्नै घरमा आगजनी गर्ने गोवरडिहा–४ पछैया बस्ने ५५ वर्षीय हरिनाथ चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्