coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

विदुर र धीरबहादुरको जोडीलाई स्वर्ण

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेको छ।

न्यु डायमन्ड र एपिएफको विजयी सुरुआत

न्यु डायमन्ड र एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

आर्मी र एपिएफ च्याम्पियन

नेपाल आर्मी र एपिएफ क्लब शनिबार छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन्। आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन्।

छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र रमिशाबीच उपाधि भिडन्त आज

लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बाग्मती प्रदेशकी रमिशा श्रेष्ठ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५० केजीमा आज भिड्दै छन्।

नेपाली युवा टोलीको सहज जित

समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।

विश्वविद्यालय खेलकुदमा टियुको दबदबा

पहिलो पटक सुरु भएको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (टियु) ले दबदबा बनाउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाएको छ।

आँखा उपचारमा ऐतिहासिक फट्को: २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।

पेश्की फछ्यौटका लागि कडा बन्दै राखेप

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ। राखेपले गठन गरेको पेश्की तथा बेरुजू फस्र्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए।

मन्त्री निवासलाई खेलाडी आवास बनाउने प्रस्ताव

पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गरिने भएको छ।नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

बुढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

बुढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

दक्षिण एसियाली कराते: नेपालको सुखद प्रदर्शन

नेपालले घरेलु मैदानमा सुरु भएको सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा शनिबार सुखद सुरुआत गरेको छ।

बढुवा रोकेको भन्दै कर्मचारी आन्दोलित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीका बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्याएको भन्दै चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन्।

करिब १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिब १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्