१५ मंसिर २०८१ शनिबार
image/svg+xml

नियमित अनुदानको चामल डिपोमा पुगेन

जाजरकोट-गत आर्थिक वर्षमा सरकारले जाजरकोटका लागि छुट्याएको नियमित कोटाको खाद्यन्न जाजरकोटका गाउँमा नपुग्दा स्थानीय मर्कामा परेका छन्।

लामो प्रक्रियाले आवास अनुदान पाउनै सकस

भूकम्पको १४ महिनापछि सिन्धुपाल्चोकका पीडितलाई आवास अनुदानको पहिलो किस्ता रकम उपलब्ध गराउन थालिए पनि हात पर्न भने सकेको छैन। अनुदान सम्झौता र रकम निकासमा अपनाइएको झन्झटिलो र लामो प्रक्रियाका कारण पीडितले सहजै लाभ पाउन नसकेका हुन्।

दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबारसम्म दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता गरेको छ । अनुदान सम्झौता गरेकामध्ये २४ हजार ४२८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रु ५० हजार जम्मा गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिएका छन्। प्रथम युवा कृषि उद्यम सम्मेलनको साेमबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिको विविधिकरण आजको प्रमुख आवश्यकता भएको बताए।

बैंक नपुग्दा पीडितले पाएनन् अनुदान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेअनुसार बैंकहरू कार्यक्षेत्र नजाँदा अनुदान सम्झौता सम्पन्न भएका ६ जिल्लाका भूकम्प पीडितले पहिलो किस्ता रकम पाउन सकेका छैनन्। रकम वितरण भएका जिल्लामा पनि कामले खासै गति लिएको छैन।

सहमति भयो भने दुई किस्तामा अनुदानः प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष र दातृ निकायसँग सहमति भयो भने भूकम्प प्रभावितलाई दुई किस्तामा राहत अनुदान दिन सकिने बताएका छन। बुधबार बसेको व्यवस्थापिका संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले दातृ निकाय र प्रमुख प्रतिपक्ष दल सहमत भए पीडितलाई दुई लाख दिन सरकार तयार रहेको बताए।

भूकम्प पीडितलाई दुई किस्तामा अनुदान दिन दलहरु सहमत

भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडानबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसपछि हटेपछि शुक्रबारदेखि अबरुद्ध संसद सुचारु हुने भएको छ। प्रमुख दलले गठन गरेको संयुक्त कार्यदल र शीर्ष नेताबीचको संयुक्त बैठकमा भूकम्प पीडितलाई दुई किस्तामा राहत अनुदान दिने विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसद बैठक सुचारु हुने भएको हो।

अावास निर्माणका लागि १ लाख ४७ हजारसँग अनुदान सम्झौता

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणका लागि राहत वितरण गर्न बिहीबारसम्म १ लाख ४७ हजार १ सय ८८ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।

अनुदान एकमुष्ट दिन माग गर्दै काँग्रेसद्वारा संसद अवरोध

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ अनुदान एकमुष्ट दिन माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ। भूकम्पपीडितलाई राहत उपलब्ध गराउन सरकारले ढिलाइ गरेको भन्दै कांग्रेसले बिहीबारको बैठक अवरुद्ध गरेको हो।

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।

लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि अनुदान

पुनर्निर्माण प्राधिकरणले लालपुर्जा नभएका भूकम्प पीडितलाई पनि घर पुनर्निर्माण अनुदान उपलब्ध गराउने भएको छ हाल अनुदान वितरण गरिएको ठाउँको अनुभव लाजपुर्जा नभएकै कारण धेरै

अनुदानको इन्धन ढुवानी भाडामा विवाद

चीनबाट अनुदानको इन्धन आयात गर्दाको ढुवानी विषयमा आयल निगमसँग समझदारी कायम नहुँदा ट्यांकर व्यवसायीले रकम भुक्तानी पाएका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्