शुक्रबार पोखराको तापक्रम ३५ डिग्री, तीन वर्षपछिकै बढी गर्मी
तीन वर्षअघिको रेकर्ड पछ्याउँदै शुक्रबार दिउँसो पोखराको तापक्रम उच्च बिन्दुमा उक्लेको छ। शुक्रबार पोखराको तापक्रम ३५ डिग्री सेल्सियस थियो। तापक्रम उकालो लागेपछि यहाँको दिउँसोको जनजीवन पनि प्रभावित भएको छ।