१५ मंसिर २०८१ शनिबार
image/svg+xml

घरमा पार्किङ गरेर राखिएको कार र मोटरसाइकलमा आगजनी

अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगजनी गरेका छन्। दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय गुणराज पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको प्रहरी जनाएको छ।

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुलेश्वरस्थित सुर्योदय फार्मेसी अगाडि पार्किङ गरी राखेको बा.७४ प ६५४७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा कुलेश्वर पुल नजिकबाट कीर्तिपुर नगरपालिका–१२ भत्केको पाटी बस्ने २३ वर्षीय सुरज भुषाल र १९ वर्षीय सुरेन्द्र भुषाललाई मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको कोसीहरैचा– १२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

कसैले ठक्करै नदिई लड्यो मोटरसाइकल, चालकको मृत्यु

मोरङको पथरीशनिश्चरे–१ स्थित भित्री सडकखण्डमा आज अपराह्न मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बेग्लाबेग्लै दुर्घटनामा मोटरसाइकल सवार चारजनाको मृत्यु

बर्दिया धदवार–६ माथिल्लो बनगाई चोकस्थित महेन्द्र राजमार्गमा ना. ६ ख ६२६७ नम्बरको ट्रकले बुधबार राति रा. १ प ७८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार कतर्निया–३ बस्ने २१ वर्षीय अर्जुन थारु र २२ वर्षीय प्रदिप थारुको घटनास्थलमै मृत्यु भएको छ।

सप्तरीमा दुई मोटरसाइकल ठोक्किदा चार घाइते

सप्तरीको कल्याणपुर-३ मा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्।

ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल (४० किलोमिटर)मा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनकुटाको मूलघाटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार साँझ मूलघाटस्थित तमोर नदीको पुलमा ठोक्किएर को१६प ५८७ नंको मोटरसाइकल दुर्घटना हुँदा इटहरी उपमहानगरपालिका–८ का २६ वर्षीय दिलजन खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु

धादिङको बैरेनी गाविस– ९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक ध्रुव थापाको मृत्यु भएको छ।

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

गोरखा नगरपालिकाको बाह्रकिलोदेखि आँबुखैरेनी जाँदै गरेको ग८प ६६७१ नम्बरको स्कुटर र आँबुखैरेनी देखि गोरखा आउँदै गरेको बा४१प ३५३३ नम्बरको मोटरसाइक बुधकार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

महिला कुटेको भन्दै सिरहामा तनाब, प्रहरीको मोटरसाइकल जलाइयो

महिलामाथि लाठी प्रहार गरी घाइते बनाएपछि सिरहामा केहीबेर आक्रोशित भीडले प्रहरीको मोटरसाइकलमा आगजनी गरेको छ। प्रहरीको लाठी प्रहारबाट सिरहा-२ की मुलही देवी यादव घाइते भएकी छिन्। उनको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको छ।

मोटरसाइकल ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट यहाँकी एक बालिकाको मृत्यु भएको छ। मिर्चया–कटारी सडक खण्डको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका ६ बलैयामा अज्ञात मोटरसाइकलको ठक्करबाट स्थानीय ७ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

बुधबार रुपन्देहीको लुम्बिनीमा भएको मोटरसाइकल दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। एक बालक घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–५ महुवारीमा सडक छेउको कलर्भटमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा भारतको सिद्धार्थनगर स्थित कक्रहवा बजारका सन्त गोपाल बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

माइक्रोम्याक्समा सुजुकी मोटरसाइकल उपहार

माइक्रोम्याक्स कम्पनीको दसैंतिहारको अवसरमा ‘उपहार म्याक्सिमम, खुसी म्याक्सिमम’ नारासहित म्याक्स उत्सव घोषणा गरेको छ । कम्पनीका अनुसार माइक्रोम्याक्सको स्मार्टफोन खरिदमा बम्पर पुरस्कारअन्तर्गत सुजुकीको मोटरसाइकल उपहार पाइने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्