तेह्रथुममा जीप दुर्घटना,११ घाइते
तेह्रथुमको अठराइबाट फिदिम तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।
तेह्रथुमको अठराइबाट फिदिम तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।
काठमाडौंको बिजुलीबजारमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा घर भइ हालः काठमाडौं शान्तिनगर बस्ने चन्द्र निरौला छन्। गम्भीर घाइते भएका निरौलाको उपचारको क्रममा एभरेष्ट अस्पताल बानेश्वरमा मृत्यु भएको हो।
भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् ।
चाँगुनारायण नगरपालिका ३ झौखेलमा बुधबार घर अगाडि खेलिरहेको ३० महिने बालकलाई गाडीले ठक्कर दिंदा मृत्यु भएको छ। रामेछाप घर भई हाल झौखेल बस्ने बस्ने ३० महिनाको एनिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ ।
त्रिवेणी गाउँपालिका–६, गणेशमोडमा शुक्रबार राती मालबहाक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दाङ घोराहीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको ना ४ ख ८८९१ नम्बरको ट्रक दुर्घटना भएको हो ।
धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
रुकुमको खलंगामा मिनिबस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ । उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ।
रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमैनादीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।