११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वतन्त्र उम्मेदवार सैयद ट्युनिसियाको राष्ट्रपतिमा निर्वाचित

ट्युनिसियामा राष्ट्रपतिका लागि भएको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार काइस सैयद निर्वाचित भएका छन्। उनी खसेको मतको ७२.७१ प्रतिशत मत प्राप्त गरी विजय भएको ट्युनिसियाको निर्वाचन आयोग (आइएसआइई) लाई उद्धृत गरी अलजजिराले मंगलबार जनाएको छ।

मेयरमा हर्क सम्पाङको स्वतन्त्र उम्मेद्वारी

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयर पदको लागि हर्क सम्पाङ राईले स्वतन्त्र उम्मद्वारी दिने घोषणा गरेका छन्।

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

बाग्लुङको उपनिर्वाचनमा ३८ हजार मतदाता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

उपनिर्वाचनका लागि चितवनबाट काङ्ग्रेसद्वारा उम्मेदवार छनोट

नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको हो।

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ ‘गोविन्द’ले उम्मेदवारी दिएका छन्। एनआरएनएको चुनाव यहीँ अक्टोबरमा काठमाडौंमा हुँदैछ।

अफगानिस्तान राष्ट्रपतीय निर्वाचन : दुवै पक्षद्वारा जितको घोषणा

दुवै पक्षले आ–आफ्नो जितको दाबी गरेपनि यथेष्ट प्रमाण भने जुटाउन नसकेको बिबिसीले उल्लेख गरेको छ। देशको स्वतन्त्र निर्वाचन आयोगले भने गत शनिबार सम्पन्न भएको मतदानका मत गणना गर्ने कार्य अझै गरिरहेको छ। उसले नै यो निर्वाचनमा मात्र २५ प्रतिशत मतदान भएको जानकारी दिएको थियो।

एनआरएन अमेरिकामा प्रतिनिधि विवाद सतहमा

गैरआवासिय नेपाली संघ अमेरिकाले आगामी आईसिसि निर्वाचनका लागि छनौट गरिएका प्रतिनिधि छनौट प्रक्रिया आईसिसिको मापदण्ड अनुसार नभएको भन्दै विवादमा परेको छ।

कडा सुरक्षाबीच अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचन

कडा सुरक्षा व्यवस्थाबीच अफगानिस्तानमा शनिबार राष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएको छ । कडा सुरक्षा व्यवस्था गरिएको भए पनि विद्रोहीहरुले निर्वाचनलाई केन्द्रित गरी विभिन्न ठाउँमा बम पड्काएका छन् ।

निर्वाचनले निलम्बनको गाँठो फुक्न सक्ने

विवाद समाधानका लागि आइसिसीले नै बनाएको स्वतन्त्र समितिले असोज १० र ११ गते क्यान निर्वाचन गर्ने वातावरण सिर्जना गरेको थियो।

२१ दललाई चुनाव चिह्न

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ २१ राजनीतिक दललाई निर्वाचन चिह्न दिएको हो।

उपनिर्वाचनका लागि दलको चुनाव चिह्नः भाले, ट्याक्टर, हवाइजहाजदेखि लाउडस्पिकरसम्म

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ। आयोगको बिहीबारको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो।

जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव,क्षमता,दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन्।

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ।

‘सरकारसँग लडेर होइन सहकार्य गरेर व्यवसायीको हितमा काम गर्छु’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीँ असोज ७ गते मंगलबार हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्