११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजबाट उपनिर्वाचन आचारसंहिता कार्यान्वयनमा

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले बिहीबार एक विज्ञप्तिमार्फत जनाएको छ।

उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले विज्ञप्तिमार्फत जनाएको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।

श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ।

कास्की २ मा साझा पार्टीबाट केसी उम्मेदवार

आगामी मंसिरमा हुने उपनिर्वाचनमा साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार बनाएको छ। साझा पार्टीको दुईदिनसम्म पोखरामा बसेको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। केसीलाई उम्मेवार चयन गरेको निर्णय पत्रकार सम्मेलन गरेर साझा पार्टीले सार्वजनिक गरेको छ।

एनआरएनको निर्वाचनलाई फर्केर हेर्दा

गैर आवासीय नेपाली संघको भर्खरै सम्पन्न नवौं विश्वसम्मेलनमा नीति नियम र पद्धति सम्बन्धी भएका शून्य बहस देखियो। निर्वाचनको समयमा नेतृत्वको हल्ला खल्ला र खेल बढी देखिनुले चुनाव ताका देखिएका बिकृति र अराजक गतिविधिले संस्थाको साख इतिहासमा नै सबैभन्दा धेरै गिरेको महशुस हुन्छ।

सत्तारुढ दलको जित, बहुमत गुम्यो

प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले सोमबार सम्पन्न निर्वाचनमा जित हासिल गरे पनि यसअघिको बहुमत भने गुमाएको छ।

३७ मुख्य निर्वाचन अधिकृत र ११ निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले मंसिर १४ गते हुने निर्वाचनका लागि ३७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्यायसेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ।

बोलिभियामा राष्ट्रपतिको निर्वाचनः मोरालेसको पहिलो चरणमा अग्रता

राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ।

राप्रपाले उपनिर्वाचनमा सहकार्य नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४गते हुने उपनिर्वाचनमा अन्य पार्टीहरूसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

‘सर्वोच्चमा मुद्दा विचाराधिन छ, अहिलेनै सभामुखको निर्वाचन हुँदैन्’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन्।

एनआरएन निर्वाचनमा ९२ प्रतिशत मत खस्यो, गणना आजै

गैर आवासीय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलनको क्रममा आज भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत मतदान भएको हो।

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, यस्ता छन् उम्मेदवार

गैरआवासीय नेपाली संघ (एनआरएनए)काे निर्वाचन कार्यक्रम तालिका अनुसार नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ।

एनआरए सम्मेलनको दोस्रो दिन, निर्वाचन प्रक्रिया सुरु

गैर आवासीय नेपाली संघ (एनआरएन) विश्व सम्मेलनको दोश्रो दिन आज निर्वाचन प्रक्रिया सुरु भएको छ। अहिले १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसकन्नु पर्नेछ।

नेकपा सचिवालय बैठक सम्पन्न, प्रदेश कमिटीलाई दियो निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले यस्ताे निर्देशन दिएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्