१२ आश्विन २०८१ शनिबार
image/svg+xml

हात्ती आक्रमणबाट वृद्धको मृत्यु

जिल्लाको साकफारा गाउँमा हात्तीको आक्रमणबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा साकफारा–२ का ८४ वर्षे जयबहादुर लिम्बू रहेको विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

चिसोका कारण एक वृद्धको मृत्यु

विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ । जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपकाे ठक्करबाट प्रहरीको मृत्यु

तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

युवाको ‘रहस्यमय मृत्यु’ मा कमजोर अनुसन्धान

अंग्रेजी नयाँ बर्षको पहिलो दिन आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय अगाडि २६ बर्षीय एक युवकको रहस्यमय मृत्यु भयो। तीन दिन बितिसक्दा पनि प्रहरीले ‘हत्या वा आत्महत्या’ भन्ने प्रष्ट हुन नसकेको बताएको छ।

भाइरल ज्वरोका कारण एकको मृत्यु

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जिमा गाविस–२ सिरुपाटा गाउँमा भाइरल ज्वरोका कारण एक किशोरीको मृत्यु भएको छ। रुघा, खोकी, ज्वरो, टाउको, घाँटी र हातगोडा दुख्ने जस्ता लक्षण देखा परेको र गएको बुधबार जिमा गाविस स्थित सिरुपाटा गाउँ निवासी १७ वर्षीया माग्ली बिष्टको मृत्यु भएको स्वास्थ्य चौकी जिमाका अहेव मञ्जनबहादुर शाहीले जानकारी दिए। अहिले गाउँका दुई दर्जन स्थानीय बिरामी परेका उनले बताए।

भारतमा जीप दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो।

डाकाले प्रहार गरेको चिर्पट लागेर एकको मृत्यु

मोरङ जिल्लाको सुन्दरदुलारी–६ निवासी ५७ वर्षीय धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा डकैती गर्न आएका डाँका समूहलाई खेदाउने क्रममा डकैती समूहका मानिसले टाउकोमा प्रहार गरेको चिर्पटका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएको छ।

ट्याक्टरले च्यापिर एक विद्यार्थीको मृत्यु

मोटरसाइकल र ट्याक्टरको बीचमा च्यापिएर एक किशोरको निधन भएको छ। शैक्षिक भ्रमणमा रहेका त्रियुगा नगरपालिका ५ का १२ वर्षीय अभिनय भट्टराईको ट्याक्टर चढ्ने क्रममा पछाडिबाट आएको मोटरसाइकले ठक्कर दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नयाँ वर्षको पार्टीमा गोली चल्दा इस्तानबुलमा ३५ को मृत्यु

टर्कीको राजधानीको एउटा नाइट क्लबमा नयाँ वर्षको पार्टी चलिरहँदा भएको गोली प्रहारमा कम्तिमा ३५ जनाको ज्यान गएको छ। सयौं व्यक्ति नयाँ वर्षको उल्लास मनाइरहँदा सान्ता पोशाकमा आएको व्यक्तिले रेइना नाइट क्लबमा फायरिङ खोलेको थियो।

अगुल्टो प्रहारबाट मृत्यु

अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन् ।

दुर्घटनामा एकको मृत्यु, तीन घाईते

कोहलपुरमा शनिबार भएका छुट्टाछुटै दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाईते भएका छन्। दिउँसो दुई बजे कोहलपुर–१२ रोहिणिखोला नजिकै मोटरसाईकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ।

इराकमा भएको बम बिस्फोटमा कम्तीमा १९ जनाको मृत्यु

इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

सेल्फी खिच्ने क्रममा बसकाे ठक्करबाट मृत्यु

मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिच्ने क्रममा बसकाे ठक्करबाट फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्