११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मतगणनास्थलमा सिसी क्यामराः ९ करोडले पुग्नेमा ३४ करोड!

सिसी क्यामरा सेवा प्रदायक व्यवसायीहरूका अनुसार यो ‘हाई लेबल सेटिङ’ हो। यसबाट निजी कम्पनीलाई करिब १६ करोड रुपैयाँ फाइदा पुग्ने भएको छ। मतगणनामा खलल पुग्ने वा अवाञ्छित गतिविधि निरुत्साहित गर्न र निष्पक्षताका लागि त्यहाँका गतिविधि रेकर्ड राख्न सिसी क्यामराको प्रबन्ध गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए।

निर्वाचन अवसर र चुनौती

निर्वाचन आयोगले लागु गरेको आचरासंहिता सहीरूपमा प्रयोग नहुनुले पनि निर्वाचनको निष्पक्षतामा कालो धब्बा लाग्ने गर्दछ। आचारसंहिता उल्लंघन गरेको खण्डमा निर्वाचन आयोगले काटेका पत्रलाई पनि बेवास्ता गरिन्छ।

बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन्।

आयोगमाथि अर्जुनदृष्टि

निर्वाचन आयोगले अघिल्लो निर्वाचनअघि मतपत्र छपाइ गर्न भनेर छापा मेसिन खरिद गरे पनि अहिले प्रयोग गरिएन। त्यो मेसिन अहिले प्रयोग नगर्नुको कारण के होला? राज्यले एकपटक गरिसकेको बजेट खर्चको सदुपयोग नगरेर चुनावैपिच्छे लागत बढाउने काम मात्र आयोगबाट किन भइरहेको छ ?

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

मतदान गर्न जानेको लर्काे

स्याङ्जा भिरकोटका शर्मा मात्रै होइनन्,अध्ययन र रोजगारीका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका अधिकांश मतदाता भोट खसाल्ने प्रयोजनका लागि गाउँ फर्किरहेका छन्।

निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन प्रहरीसमक्ष अनुरोध

आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ।

नौ उम्मेदवारको निधन

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।

आचारसंहिता उल्लंघनमा आयोगको काम स्पष्टीकरण सोध्ने मात्र

आयोगले स्पष्टीकरण सोधेर चर्चामा आउने तर आचारसंहिता उल्लंघनमा कसैलाई कारबाही नगर्ने गरेको छ। उल्टो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनको सवालमा स्पष्टीकरण सोधिनुलाई नै कारबाही भएको बताएका छन्।

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ।

नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ।

स्थानीय तह निर्वाचनः कास्कीका ५० मतदान केन्द्र अति संवेदनशील

मतदान स्थल मध्ये पोखरा महानगरपालिकाका सुगम वडाहरुमा रहेका मतदान स्थलहरुलाई सामान्य मतदान स्थलका रुपमा राखिएको छ। सुगम वडाहरुसँग जोडिएका मतदान स्थलहरुलाई संवेदनशील र बाँकी वडामा रहेका मतदान स्थलहरुलाई अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको श्रोतको भनाई छ । यद्वपी सुरक्षा समितिले यसबारे जानकारी दिन नमिल्ने बताएको छ।

मुख्य नाकामा कडाइ, छेउछाउ खुला

निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ भने विराटनगरको मुख्य नाका रानीका ३ वटै ढाट पनि बन्द रहेका छन्। मुख्य नाकामा सुरक्षा चुस्त बनाएर कडाइ गरिए पनि नाकाको पश्चिमतर्फबाट भने सर्वसाधारणहरु सहजै आवतजावत गरिरहेका छन्।

सीमा नाका बन्द, सुरक्षामा कडाई

म्यादीसमेतको जनशक्ति गरेर नेपाल प्रहरीले २ हजार ७ सय बढी सूरक्षाकर्मी परिचालन गरेर पठाउनु पर्ने ठाउँमा खटाइसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलका अनुसार सिमा क्षेत्र र मतदान केन्द्रहरुमा गरी ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्