११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नयाँ दललाई निर्वाचन चिन्ह नदिने गरी कानुन बनाउनु लोकतन्त्र विपरित: डा. भट्टराई

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले लोकतन्त्रमा राजनीतिक दललाई निर्वाचन चिन्ह नदिने गरि कानुन बनाउनु गलत भएको बताएका छन्।

निर्वाचनमा दृष्टि

जब मधेसी जनता नै चुनाव चाहन्छन् भने २–४ जनाको स्याल हुइँया काम लाग्ने छैन। सरकारले तिघ्रा कमाएन भने चुनाव हुन्छ र हुनैपर्छ।

निर्वाचन सामान्य परिघटना होइन : सभामुख घर्ती

सभामुख ओनसरी घर्तीमगरले तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताएकी छिन् । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष भनेकै निर्वाचन हो, नेपाल रेडक्रस केन्द्रीय सभाको ४६ आैँ महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख घर्ती भनिन्, ‘स्थानीय तहको निर्वाचनले मात्र उत्पीडित पिछडिएको वर्ग मधेसी थारु लगायतका समुदायलाई न्याय दिलाउँछ ।

तोकिएकै मितिमा निर्वाचन हुन्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

निर्वाचन कुनै हालतमा सर्दैन : नेता पण्डित

नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् ।

निर्वाचनको बेला संशोधन असान्दर्भिक: पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधान संशोधनको प्रस्ताव असान्दर्भिक भएको बताएका छन्।

सरकारबाट 'असहयोग', प्रदेश २ मा निर्वाचन आयोग आफैंले तयारी बढाउने

स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा अनुकूल वातावरण बनाउन सरकारले नै असहयोग गरेको ठहर गर्दै निर्वाचन आयोगले आफ्नै हिसाबले तयारी अघि बढाउने भएको छ।

निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ ।

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छानिए

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छानिएका छन्। जस अन्तर्गत पुरुष ६१ हजार २ सय महिला १३ हजार ३ सय छानिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए।

निर्वाचन एकै चरणमा हुनुपर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचन एकै चरणामा गर्नुपर्ने बतएका छन् । मधेशी माेर्चाकाे माग सम्बाेधन गर्न निर्वाचन २ चरणामा गर्न कांग्रेस लचक भएकाे चर्चा चलिरहेका बेला शुक्रबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेकाे कांग्रेस केन्दीय समिति र संसदीय दलकाे संयुक्त बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे।

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन ।

निर्वाचनप्रति विदेशी पाहुनाको चाँसो

नेपालको राजनीतिक अस्थिरता बुझेका पर्यटक निर्वाचनताका नेपाल घुम्न आउन डराएका छन् :  व्यवसायी।

निर्वाचन चरण चर्चा

स्थानीय तह निर्वाचनमा भाग लिने दुई दशकको व्यघ्र प्रतिक्षा सकिनै लागेका बेला फेरि यससम्बन्धी अन्योलपूर्णं अभिव्यक्ति सार्वजनिक भइरहेका छन्। विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले) प्रमुख क्रमशः शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग निर्वाचन दुई चरणमा गर्ने विषयमा गरेका छलफलले एक किसिमको अन्योलको अवस्था सिर्जना भएको छ।

निर्वाचनमा सबैले भाग लिनुपर्छ : जर्मनमन्त्री हेन्डरिक्स

सङ्घीय गणतन्त्र जर्मनीका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा बारबरा हेन्डरिक्सले स्थानीय तहको निर्वाचनमा सबै नेपालीले भाग लिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्