११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निर्वाचनपछि संविधान संशोधनबारे सोचिनेछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताएका छन् ।

निर्वाचनबारे जनतासम्म सूचना प्रवाह गर्न सभामुखको आग्रह

सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउन आग्रह गरेकी छिन् ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र गठन

आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि खोटाङमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र गठन गरिएको छ ।

दुई चरणमा निर्वाचन गर्नेबारे पाँच दलबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा पाँच दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। पाँच दलका शीर्ष नेताहरुबीच निर्वाचनको विषयमा छलफल भइरहेको हो।

निर्वाचन छाड्ने थापाको चेतावनी

उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राप्रपा विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने भन्दै गरिएको निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

‘वैशाख ३१ मै निर्वाचन निश्चित’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन गन्तव्य (डेस्टिनेसन) मा पुग्ने बेलामा मिति पछि नसर्ने प्रस्ट पारेका छन् ।

निर्वाचन र अपांगता

यतिबेला मुलुक निर्वाचनमय भएको छ भलै यो हुन्छ कि हुन्न भन्ने संशय पनि त्यत्तिकै छ। जे होस्, गणतान्त्रिक नेपालमा पहिलो पटक हुन लागेको निर्वाचन सबैको कौतुहलको विषय भने भएको छ। यसको मुख्य कारण यो पनि हो कि करिब दुई दशकपछि मुलुकको स्थानीय तहले नयाँ नेतृत्व पाउँदैछ।

‘निर्वाचनका लागि सुरक्षा प्रबन्ध राम्रो अवस्थामा’

प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा अङ्गका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमूख दिलित रेग्मीलाई बालुवाटार बोलाएर मुलुकको शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

चीनले दियो निर्वाचन सामग्री

उत्तरी छिमेकी देश चीनले स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बराबरका विभिन्न ११ प्रकारका सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ।

गृहमन्त्रीको मध्यरातको ट्विटप्रति निर्वाचन आयोगको आपत्ति

गृहमन्त्री विमलेन्द्र निधिले गएराति २ बजे गरेको ट्विटप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ। गृहमन्त्रीको ट्विटले निर्वाचनबारे आमजनमानसमा द्वधिा उत्पन्न गराएको भन्दै आयोगले भनेको छ, ‘गृहमन्त्रीको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ।’

चीनद्वारा निर्वाचन सामग्री हस्तान्तरण, भारतले सहयोग गरेन

मित्रराष्ट्र चीनले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बरावरका विभिन्न ११ प्रकारका सामाग्री निर्वाचन आयोगलाई उपलव्ध गराएको छ।

निर्वाचनका लागि सुरक्षा योजना तयार :  गृहमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन्।

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मुलुकका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनलाई लक्षित गर्दै ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको जानकारी दिए।

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि आईतवार सदरमुकाम गमगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्