१२ आश्विन २०८१ शनिबार
image/svg+xml

हत्याको बदला लिन्छौ : भारतीय सैनिक

भारतीय सैनिकले पाकिस्तानी सैनिकले आफ्ना ३ जना सिपाही मारेपछि चाँडै आफूले हत्याको बदला लिने बताएका छन्। विवादित काश्मिरमा बुधबार पाकिस्तानी सेनाले भारतीय जवान चढेको गाडीलाई एम्बुस आक्रमणमा परोको थियो। सो क्रममा तीन भारतीय सेनाको मृत्यु भएको बताइएको छ।

महिला कामदार लेबनान लान भारतीय बाटो

दैनिक हजारौंको ओहोरदोहोर चल्ने पूर्वी नाका काँकडभिट्टामा अघिल्लो सोमबार दुईजना महिला भारतीय भूमितिर जान रिक्सा चढे। नाकामै खटिएका प्रहरी र माइती नेपालका स्वयंसेवकको नजरमा रहेका उनीहरुलाई सोधियो, 'कता जान लाग्नुभएको?' जवाफमा उनीहरुले आफन्त भेट्न सिक्किम हिँडेको जवाफ दिए।

पाकिस्तानले खसाल्यो भारतीय ड्रोन !

पाकिस्तानी सेनाले शनिबार नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा घसेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

भारतीय नम्बरको गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु

रौतहटमा भारतीय नम्बर प्लेटको बोलेरो गाडीको ठक्करवाट एक जना प्रहरी जवानको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको धन्सार जंगलमा भारतीय नम्बरको बोलेरो जिपको ठक्करबाट रौतहटको विजयपुर लक्ष्मीनिया घर भई बारामा कार्यरत ३२ वर्षीय प्रहरी जवान श्रवण यादवको ज्यान गएको हो।

भारतीय रूपैयाँ नसाटिँदा सास्ती

तुलबहादुर विक १३ महिनापछि असोजमा घर फर्के। उनी नयाँ दिल्लीस्थित रानीबागमा काम गर्थे। रातको चौकीदारी र दिनमा सवारी साधान सफा गर्ने काम थियो। घरपरिवार र सन्तान पाल्न उनी भारत पसेका थिए। दशैं तिहार मनाएर फेरि भारत फर्किने उनको तयारी थियो।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको मृगौला फेल

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बुधबार आफ्नो मृगौला फेल भएको र एआइआइएमएस अस्पतालमा डायलोसिस गराइएको खुलासा गरेकी छन्। नोभेम्बर ७ देखि एआइआइएस अस्पतालमा भर्ना गरिएकी स्वराजले सामाजिक संजाल ट्व्टिरमा आफ्नो भनाइ व्यक्त गर्दै आफ्नो मृगौला फेल भएको र मृगौला प्रत्यारोपणका लागि अन्य स्वास्थ्य परीक्षण भइरहेको बताएकी हुन्।

भारतीय नोट नसाटिने !

नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई ) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारु) कागजको खोस्टासरह हुनेछ ।

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक भारतीयको मृत्यु

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

चितवनमा ६६ किलो चरेससहित तीन भारतीय गिरफ्तार

चितवनमा प्रहरीले ६६ किलो लागु औषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। भारतीय नम्बर प्लेटको जीपसहित प्रहरीले उनीहरुलाई शुक्रबार साँझ भरतपुरको रामनगरमा नियन्त्रणमा लिएको थियो।

भारतीय पक्षबाट चारपांग्रेमा रोक

भारतीय सुरक्षाकर्मीले पछिल्लो महिनादेखि नेपाल–भारत आवतजावत गर्ने नेपाली र भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाएका छन्। भारत-पाकिस्तानबीच तनाव बढेसँगै जिल्लाको छोटी भन्सार सिम्रौनगढ र मटिअर्वाबाट ओहोरदोहोर गर्ने नेपाली र भारतीय नम्बर प्लेटका सवारीसाधनमा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको जिल्लाका सुरक्षा अधिकारीले बताएका छन्।

९ सय भारतीयलाई पछि पार्दै सोनीको सुपर डान्सरमा नेपालकी दिया 'टप टेन'मा

भारतीय टिभी च्यानलले सोनीले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन्।

भारतीय नोट प्रतिबन्धले तनावै तनाव

पाँच सय दरका भारतीय रुपैयाँ (भारु) का नोटमा प्रतिबन्ध लागेपछि नेपालमा पनि धेरैतिर असर परेको छ। यो प्रतिबन्ध भारतबाट नेपाल घुम्न आएका पर्यटक, सीमावर्ती अस्पतालमा उपचार गराउन आएका भारतीय नागरिक, ठूलो मात्रामा ती भारतीय नोट घरमा राख्नेसम्मका लागि तनावको विषय बनेको छ।

भारतीय पर्यटक समस्यामा

ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ।

भारतीय सेनापति आउँदै

भारतीय स्थल सेनाप्रमुख दलवीर सिंह तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुग्दै छन्। प्रधान सेनापति राजेन्द्र क्षत्रीको निम्तोमा सिंह नेपाल आउन लागेका हुन्।

भारतीय सेनाध्यक्ष शुक्रबार नेपाल आउने

भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्