११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'शीर्ष नेतृत्वबाट निर्वाचन थिचोमिचो गर्ने शैली अपनाइएको छ'

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन्।

'निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन'

सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ।

मतगणनास्थलमा तारजालीसहित सिसी क्यामेरा जडान

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाको मतगणनाका लागि तारबार र सिसी क्यामेराबाट निगारानी गर्न सकिने गरी मतगणनास्थल तयार पारेको छ।

योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन्।

नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताएका छन्।

निर्वाचनका लागि अधिकृतसहित कर्मचारीको टोली मतदानस्थलतर्फ

चितवनमा स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान स्थलतर्फ लागेका छन्।

सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ।

तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

जिल्लाका विभिन्न पालिकामा १६ दलको तर्फबाट उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम रहेको छ। विसं २०७४ निर्वाचनपछि जिल्लामा ५७ हजार ६२४ मतदाता थपिएका छन्।

मतदान अर्थात अभिमतको दान

विगतमा स्थानीय तहमा काम गर्ने व्यक्तिले तलबभत्ता पाउँदैनथे, यो शुद्ध सेवाको विषय जस्तो थियो। आज राजनीति पेसाका रूपमा विकास भएको छ। त्यसैले स्थानीय तहका पदाधिकारीले समेत तलबभत्ता पाउँछन्। त्यसले पनि अहिले स्थानीय तहमा आकर्षण बढाएको छ।

पहाड उक्लिँदै मधेस केन्द्रित दल

तराई–मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

एमालेलाई बिरासत जोगाउने चुनौती

एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावी मैदानमा होमिएको छ। यसपालि एमालेले २२ भन्दा बढी वडासहित महानगरपालिकामा जित हासिल गर्ने दाबी गरेको छ। २५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुलेका केशव स्थापितलाई एमालेले मेयर उम्मेदवार बनाएको छ।

काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान

३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन् । दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वडाका झन्डै ७५ हजार रैथाने मतदाता काठमाडौं महानगरपालिकामा छन् ।

एमालेविरुद्ध कांग्रेसका ४२ आरोप

लोकतन्त्रको आत्मा मानिएको निर्वाचनप्रति एमाले अन्तरआत्मादेखि प्रतिबद्ध नभएको भन्दै विगतमा सरकारको नेतृत्वमा रहँदा पनि चुनाव गराउन सो पार्टीले सक्रियता नदेखाएको आरोप कांग्रेसले लगाएको छ ।

वैशाख ३० गते सार्वजनिक बिदाः परिचयपत्र नहुनेलाई पनि मतदानको व्यवस्था

निर्वाचन आयोगले निर्वाचनमा मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था र सहकारी सबैलाई बिदा दिन आग्रह गरेको थियो।

नमस्कार गर्दै भोट माग्दै

निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु दैनिक जसो घरदैलोमा व्यस्त छन् भने नेतृत्व कहिले मञ्चका कार्यक्रम त कहिले बन्द कोठाका छलफलमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्