११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्थानीय तह निर्वाचनः परिचयपत्र नहुँदा मतदाता अन्यौलमा

मतदाता परिचयपत्र हराए पनि मतदान गर्न पाइने मतदाता परिचयपत्र बितरणमा खटिएका कर्मचारीहरूले बताएका छन्। विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रका मतदान अधिकृत मोदराज दाहालले मतदाता परिचयपत्र हराए पनि नागरिकता, लाइसेन्स वा परिचय खुल्ने कागजात लिएर आए मतदान गर्न पाइने बताए।

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ। मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ।

भरपर्दो सूचना नदिँदा प्रहरीले दुःख पाइरहेको छः एसपी शाही

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा प्रहरीको बढदो सक्रियता दुरुपयोग गर्न सत्य तथ्य सूचना नदिँदा प्रहरी अनावश्यक दुःख पाइरहेको एसपी बिरेन्द्रबहादुर शाहीले बताएका छन्।

कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्व

स्थानीय तहको निर्वाचनतका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ।

मतदाता शिक्षाः लोकदोहोरीदेखि भजनसम्म

'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो? यस पटक त्यस्तो टोली आउँदैन?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।

सुदुरपश्चिमको निर्वाचनः मतदान अधिकृत गाँउमा, मतदाता बाटोमै

नेपालको चुच्चे नक्सामा समावेश गरिएको भुगोल रहेको दार्चुलाको ब्यांस गाउँपालिकाको कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री, मतदान अधिकृत तथा सुरक्षाकर्मी पुगिसकेका छन्।

निर्वाचनको मुखमा १५ सय बढी शिक्षकद्वारा राजीनामा

वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिन्दै जाँदा निर्वाचनको मुखैमा आएर देशभरिका एक हजार पाँच सय पाँच स्थायी शिक्षकले राजीनामा दिएका छन्।

स्वास्थ्यकर्मी निर्वाचनमाः प्रसूति सेवा बन्द

गाउँपालिकाले सोमबार सार्वजनिक सूचना नै जारी गरेर मंगलबारदेखि वैशाख ३० गतेसम्म सेवा बन्द हुने जानकारी गराएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा तीनवटा स्वास्थ्य सेवा चुनाव अवधिभर पूर्णरूपमा बन्द हुने उल्लेख छ।

३७९ केन्द्रमध्ये४७ मा महिला मतदान अधिकृत

मतदान अधिकृतका लागि अधिकृतस्तरको कर्मचारी हुनुपर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार जिल्लाका तीन सय ७९ मतदान केन्दमध्ये ४७ वटामा महिला मतदान अधिकृत तोकिएको छ। जुन कुल मतदान अधिकृत संख्याको १२ प्रतिशत हो।

परिचयपत्र हराए नागरिकता देखाएर पनि भोट हाल्न पाइने

म्याग्दीमा गएको निर्वाचनमा मतदाता परिचयपत्र बनाएकाहरूले हराएको हुनसक्न्ने भएकाले मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाउँदैनन् भन्ने हल्लाका बिच प्रमुख निर्वाचन अधिकृत पौडेलले नामावलीका भएको नाम र नागरिकताको परिचयपत्रमा नाम मिलेमा मतदान गर्न दिने गरी सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताए।

मौन अवधिको मौनता

मौन अवधिलाई एउटा ध्यानको अवस्थाजस्तो बनाउन कोसिस गर्नुपर्छ। यसको पालना राम्ररी हुन सक्यो भने अन्तिम अवस्थाको चलखेल अन्त्य हुन्छ। विगतमा पनि निर्वाचनका बेला यही अवधिमा धेरै किनबेच भएको सुनिएको छ। त्यसैकारण परिणाम पनि अनपेक्षित हुन्छ।

मतदाता शिक्षा पहुँचवालालाई मत बदर प्रतिशत बढ्ने

सबैभन्दा धेरै मतदाता भएको काठमाडौं उपत्यकामा ५६ वटा चुनाव चिह्न भएको मतपत्र हुनेछ। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी ५६ वटा चुनाव चिह्नबाट मतदाताले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य, खुला सदस्य दुईजना गरी सातजना उम्मेदवार छान्नुपर्नेछ। त्यसका लागि मतदाता शिक्षा निकै आवश्यक देखिन्छ।

स्थानीय निर्वाचन २०७९ः मतदाता परिचयपत्र नभए नागरिकता

आयोगले मतदाता नामावलीमा दर्ता भएका नयाँ मतदाता र परिचयपत्र हराएकालाई मतदाता परिचयपत्र वितरण गर्ने पनि जनाएको छ। ‘पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने।

कागजी ‘जहाज’

पार्टीहरूले विगतमा गरेका वाचा पूरा नगरेको भन्दा पनि भरोसा गर्न सक्ने पार्टी अभाव भएकोमा मतदाताहरु बढी चिन्तित छन्। त्यसैले होला, कतिपय मतदाता त ‘बेनितो मुसोलिनी’ को ‘कसैमा विश्वास गर्नुभन्दा पनि कसैलाई विश्वासै नगर्नु धेरै राम्रो’ भन्ने सिद्धान्तमा लागेका छन्।

मतपत्रको ढाँचाका कारणले बदर मत संख्या बढ्छ की भन्नेमा चिन्तित छुः प्रमुख निर्वाचन आयुक्त थपलिया

सात सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि वैशाख ३० निर्वाचन हुँदैछ। मुख्यतया: दुई वटा कारणले यो चुनाव विगतको भन्दा फरक छ। पहिलो त निर्वाचन आयोगले देशभर एकै चरणमा चुनाव गराउँदैछ। सरकारी अधिकारीहरूले यसलाई आवश्यक सामाग्री र सुरक्षा व्यवस्थापनको सन्दर्भमा चुनौतीपूर्ण काम भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्