१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्यान्टु र नविता च्याम्पियन

स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १०औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको एकल विधाको उपाधि शनिबार जितेका छन्।

हाडा र श्रेष्ठलाई एटिएफ सर्किट–२ उपाधि

पाकिस्तानका हसिस कुमारमाथि ह्याट्रिक गर्दै नेपालका शीर्ष वरियताका आरब हाडाले एटिएफ यु–१४ एटिएफ सर्किट २ ब्वाईज सिंगलको उपाधि उचालेका छन्।

चौहान अन्तिम चारमा

पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा बुधबार भारतीय खेलाडी प्रियांसी चौहान अन्तिम चारमा पुगेकी छिन्। महिला एकलतर्फको प्रतिस्पर्धामा बुधबार चौहानले नेपालकी अजा रेग्मीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेकी हुन्।

पाकिस्तानका हसिसको दोहोरो जित

पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा मंगलबार पाकिस्तानी खेलाडी हसिस कुमारले विजयी सुरुआत गरेका छन्।

पहिलो दिन राजवीरलाई सफलता

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस सर्किट २ च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फ राजवीर प्रधानले सक्षमविक्रम शाहलाई ६–४ र ६–३ ले पराजित गरेका छन्।

सफ्ट टेनिस टोली कोरिया प्रस्थान

तेश्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ।

पेत्रामाथि कारोलिनको पहिलो जित

डिफेन्डिङ च्याम्पियन कारोलिन वज्नियस्कीले चार वर्षमा पेत्रा केभितोभामाथि पहिलो जित निकाल्दा सिंगापुरमा भएको डब्लुटिए फाइनल्समा ७–५, ३–६ र ६–२ को सफलता निकालेकी छन् ।

बूढानीलकण्ठमा जुनियर टेनिस

फस्ट नौलिन जेटिआई जुनियर च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ। नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठको टेनिस कोर्टमा शनिबार विभिन्न उमेरसमूहका फाइनल भए।

खुला टेबलटेनिसमा भट्टराई प्रथम

नक्साल टेबलटेनिस क्लबद्वारा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा विराटनगरका राजेश भट्टराई प्रथम बनेका छन्।

राणा दिदीबहिनीलाई उपाधि

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको उपाधि राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले हात पारेको छ।

माहिका र प्रेरणा फाइनलमा

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलमा माहिका राणा र प्रेरणा कोइराला फाइनलमा प्रवेश गरेका छन्।

ललितपुरमा टेनिस जारी

ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको सेमिफाइनल समीकरण पूरा भएको छ।

सेरेनालाई १७ हजार डलर जरिवाना

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सलाई १७ हजार अमेरिकी डलर जरिवाना गरिएको छ। युएस ओपन टेनिसको फाइनल खेलमा अम्पायरमाथि अभद्र व्यवहार गरेको र खेलको नियम तोडेको अभियोगमा अमेरिकाको टेनिस एसोसिएसन, युएसटिएले उनलाई जरिवाना तिराएको हो।

टेबल टेनिस टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली टेबल टेनिस टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्