९ मंसिर २०८१ आइतबार
image/svg+xml

भक्तपुरमा विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण !

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रति विद्यार्थी पाँच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्। आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था मिलाएको उनले जनाए।

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो।

‘ऋणको पासोमा पार्न लागेको भन्नु गलत’

चीनले बीआरआईमार्फत ऋणको पासोमा पार्छ भनेर चलाइएको हल्ला गलत भएको जनाएको छ। बिहीबार चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ राजदूत होउ याङ्छीले भनिन्, ‘केही मुलुकले बीआरआईले ऋणको पासोमा पार्ने भन्दै प्रश्न उठाइरहेका छन्, त्यो गलत हो।’ बीआरआईले प्रचलित कानुनअनुसार नै काम गर्ने भन्दै उनले यसमा आर्थिक क्षति बेहोर्नुनपर्ने स्पष्ट पारिन्।

युवालाई उद्यमी बनाउन २ वर्षका लागि दुई लाख

गाउँको पाखा, पखेरो, घरखेत राखेर ऋण दिने बैङ्क भेट्नै मुस्किल। भेटियो भने पनि कालोपत्रे सडक, नभएपनि कच्ची हुनुपर्ने।

१ सय ७६ जनालाई ठगी गरेको आरोपमा एक जना पक्राउ

बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।

ठगी आरोपमा सिंह पक्राउ

बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।

उपभोक्ता ऋणी बनाएर खानेपानी!

पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ। पाँचखालका सबै बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो। “जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ, यसबाहेक अर्को विकल्प नभएपछि नगरसभामा यस्तो निर्णय ग¥यौँ”, नगरप्रमुख महेश खरेलले भने।

घरको ऋणले घँचेट्यो खाडी

नेपालमा पछिल्लोपटक शक्तिशाली भूकम्प आइवरी गएको पनि ४ वर्ष बितिसक्यो। यी ४ वर्षमा समग्र देशभर करिव ५० प्रतिशत मात्र पुनर्निर्माणको काम सम्पन्न भएको खबर सुनेका छौँं।

करोडौं लिएर सहकारी सञ्चालक फरार

ठूलो सहकारी संस्थाको श्रेणीमा रहेको वीरगन्जको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएका छन। स्थानीयले सहकारीमा जम्मा गरेको आठ करोडभन्दा बढी रुपैयाँ लिएर सञ्चालक फरार भएका हुन्।

मन्त्रिपरिषदको निर्णयः भूकम्पपीडितलाई यस्ता छन् थप सुविधा

मन्त्रिपरिषद् बैठकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरेको छ। यो संशोधनसँगै सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ। अब भूकम्पपीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ।

आन्तरिक ऋण उठाउने तयारीमा सरकार

गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

सहकारीको सेवामा फड्को

मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको छ। सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को मारेका छन्।

भूकम्पपीडितलाई सहुलियतमा ऋण दिन बैंकहरू सहमत

संवाद समूहद्धारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित जिल्लाका दर्जन बैंक शाखाका प्रबन्धकले प्रभावितलाई सहज ढंगले सहुलियत ब्याजदरको ऋण प्रवाह गर्न सहमति जनाएका हुन्। उनीहरुले प्रक्रिया पु-याएर आउने प्रभावितलाई ऋणमा नढिलाउने सामूहिक प्रतिबद्धतासमेत जनाएका छन्।

सहुलियत ऋण दिन बैंकहरू सहमत

आर्थिक अभावले पुनर्निर्माण थाल्न नसकेका भूकम्पप्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्