१५ मंसिर २०८१ शनिबार
image/svg+xml

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

उत्तर कोरियाली प्राविधिक टोली पोखरामा

पर्यटकीय नगरी पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको प्राविधिक टोली पोखरा आएको छ।

तेस्रो दिन रानामगर र मगर अगाडि

अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउन्टेनबाइक रेस स्टेज चौथो’ को दोस्रो संस्करणको तेस्रो दिन बुधबार साइकल राइडरले सबैभन्दा लामो दूरी तय गर्दै टुंग्याएका छन्। तेस्रो दिन बुधबार बेगनासबाट सुरु भएको खेलमा निर्धारित दूरी २ घण्टा २७ मिनेट ३५ सेकेन्डमा पार गर्दै सुरज रानामगरले अग्रता लिएका छन्।

दोस्रो दिन पराजुली र खनाल अगाडि

अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउन्टेनबाइक रेस स्टेज चौथो’ को दोस्रो संस्करणको दोस्रो दिन मंगलबार काठमाडौंका अजय पराजुली अगाडि रहेका छन्। छोरेपाटन–शिवालय–कृस्ती–मट्टिखान हुँदैै पुनः छोरेपाटनमा आएर टुंग्याइएको ६१ किलोमिटर रेस उनले ३ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरे।

पर्यटनमा राहत, किसानलाई आहत

बाक्लो हिमपातले यस पटक किसानलाई अप्ठेरो पारे पनि ग्रामिण भेगको पर्यटन क्षेत्रमा भने आन्तरिक पाहुनाको घुइँचो लागेको छ। अफसिजनका बेला सुनसान रहेको पर्यटन क्षेत्रमा दुईदिनका लागि भएपनि आन्तरिक पाहुना ग्रामिण भेगमा पुग्दा चहलपहल बढेको थियो। हिउँमा रमाउन एकाएक आन्तरिक पाहुना पर्यटकीय क्षेत्र पुग्दा त्यहाँका व्यवसायीले केही राहत अनुभव गरेका छन्।

पल्सर राइड मेनिया

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा उच्च मोटरसाइकल बिक्र गर्ने कम्पनी एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ।  बजाजले बिहीबार सो र्‍याली आयोजना गरेको थियो।

टाइब्रेकरबाट मनाङ सेमिफाइनलमा

टाइब्रेकरबाट दश खेलाडीमा सीमित ब्रिगेड ब्वाइजलाई ५–४ ले पाखा लगाउँदै लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बुधबार मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाइब्रेकरमा पुगेको थियो।

भारतीय पाहुनाका लागि ‘नाका’मा प्रवर्द्धन

भारतको उत्तरपूर्वी भेगबाट पोखरामा पाहुना ल्याउन यहाँका व्यवसायीले प्रवर्द्धन थालेका छन्। भारतसहित बंगलादेश र भुटानबाट समेत पाहुना पोखरा भित्र्याउन सकिने व्यवसायीको विश्वास छ।

गण्डकी कलेजमा शुल्क विवाद : विद्यार्थीले लगाए ओपिडीमा ताला

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अनधिकृत शुल्क असुली भएको भन्दै आन्दोलन चर्काएका छन्। उनीहरुले मंगलबार साँझदेखि अस्पतालको ओपिडी सेवामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

पुलिसलाई पराजित गर्दै जापानी टोली सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेर जापानी रिस्हो युनिभर्सिटीको टोली पहिलो खेल अविस्मरणीय बनाउँदै मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफको आश्चर्यजनक गोल

फुटबल खेलमा कहिलेकाहीं निकै आश्चर्यजनक गोल हुन्छ। आइतबार पोखरा रंगशालामा त्यस्तै गोल भयो। खेल सुरु भएको ३५ सेकेन्डमै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रुस्लान थ्री स्टारको पोस्टमा गरेको गोल दुवै टिमका लागि आश्चर्यजनक हुन पुग्यो।

संकटालाई पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा

सिएमजी संकटा क्लबको चुनौतीलाई पन्छाउँदै नेपाल पुलिस क्लब मनकामना केवलकार पोखरा कपको छैटौं सस्करणमा क्वार्टरफाइनल प्रवेश गरेको छ। एक गोलले पछि परेको पुलिसले उत्कृष्ट कमब्याक गर्दै संकटामाथि २–१ गोलको नतिजाका साथ गोल्डकपको अन्तिम आठ सुरक्षित बनायो।

पोखरामा सरकारी गाडीमा आगजनी

शनिबार बिहानै कास्कीमा सरकारी गाडीमाथि आगजनी भएको छ। कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न सकेको छैन।

सञ्जयलाई वेस्टर्न ओपन उपाधि

गल्फर सञ्जय लामाले ९ वर्षपछि पोखराको हिमालयन गल्फ कोर्समा आफ्नो अग्रतालाई जोगाउँदै १९औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि जितेका छन्।

ब्रिगेड ब्वाइजसँग घरेलु टोली स्तब्ध

ओम डेभलपमेन्ट बैंक पोखरा ११ को चुनौतीलाई १–० ले पन्छाउँदै क्लोज क्याम्पबीना सीधै पोखराको मैदानमा उत्रिएको ब्रिगेड ब्वाइज क्लब अन्तिम आठमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्