मेलम्ची बाढीपहिराको डेढ वर्ष: विपद्को घाउ अझै उस्तै
मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ। तर, त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ।
मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ। तर, त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ।
असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भयो। कालिकोटको तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए भने जिल्लाका अन्य ठाउँमा ५ जनाको मृत्यु भयो।
बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लाभर पूर्ण र आंशिक गरि २ सय तिन ३ घरमा क्षती पुगेको हो।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्।
गत आइतबार पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिवारका ५ मध्ये थप एक जनाको शव भेटिएको छ। तिलागुफा– ७ बालीगाउँका ४२ वर्षीय ध्रुवराज विष्टको शव भेटिएको प्रहरी जनाएकाे छ।
बाढीपहिरोले कालिकोट जिल्लामा १४ सय ९५ घरमा क्षेति पुगेको विपद् व्यवस्थापन समिति कालिकोटले जनाएको छ।
पाँच दिनदेखि निरन्तरको वर्षाका कारण कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन्।
धवलागिरी आधारशिविर पदयात्रामा गएका एकजना कोरियन पर्यटक र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने आधारशिविरमा आएको हिमपहिरोमा परेर कोरियन र नेपाली नागरिक गरि दुइजना बेपत्ता भएका हुन्। तीनदिन अघि नै हिमपहिरोमा परेर उनीहरु हराएको स्थानीयले बताएका छन्।
अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन्।
चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ।
शनिबार विहान ४ बजेतिर पहिरोले स्थानीय गणेशबहादुर शाहीको घर पुर्दा ओत लाग्न आएका छिमेकीसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेका दुईको उद्दार गरिएको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती ९नाम नखुलेको०, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन्।