१५ मंसिर २०८१ शनिबार
image/svg+xml

हाेस् पु-याउनुहाेस् है!

हिन्दू नेपालीहरूको मुख्य चाड वडादसैं नजिकिँदै छ । काम तथा पढाइका लागि बाहिर रहेकाहरू घर फर्कने क्रम जारी छ।

दसैंमा घर फर्किनेकाे लर्काे

दसैंं नजिकिएसँगै थातथलो फर्कनेहरूको संख्या बढेको छ। असोज ६ गतेयता बिहीबार बेलुकीसम्म १६ लाख ४४ हजारले उपत्यका छाडेका छन्।

दसैं आयो तर खुलेन सडक

‘दसैं आयो तर घर जाने बाटो छैन्। सडकमा घर भन्दा ठुला ढुङ्गा छन्। वर्षा सकिएको एक महिना बढि भयो तर पनि समयमा खुलाउने प्रयास कतैबाट पनि भएन,’ सदरमुकाममा पढ्ने रोल्पा थवाङका रबिन रोका मगरले पैदल घर जानुपर्ने पीडा पोखे। ‘बाटो खनेर के गर्नु ४ महिना भयो गाडी चल्न सक्दैनन्।

टिकट नपाउँदा यात्रुको बिचल्ली

तिलागुफा गाउँपालिका, कालिकोटका पदमराज न्यौपाने दसैं मनाउन घर जान नेपालगञ्जबाट सुर्खेत झरेको दुई दिन भइसक्यो। बसको टिकट नपाउँदा उनी घर कहिले पुग्ने हो टुंगो छैन।

सडक पेटीमा दसैं सस्तो बजार (भिडियो)

चाड पर्व नजिकिएसँगै सडक पेटीमा सस्तो बजारको चहल पहल पनि बढ्न थालेको छ। सामान्य आम्दानी भएका नेपालीका लागि सस्तो बजारले राहत दिएको उपभोक्ताको भनाइ छ। क्रय शक्ति कम भएकाहरुलाई यस प्रकारका बजारले सहयोग गरेका छन्।

टेलिकमले ल्यायो छुट र बोनस अफर

नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा विभिन्न सेवामा छुट तथा बोनस दिने भएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

घटस्थापना कहिले गर्ने ? यस्तो छ शुभ साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको दसैँको शुभ साइत बिहान ९:५१ बजे रहेको छ। समितिका सचिव सूर्य ढुंगेलका अनुसार टिकाकै दिन बिहान ९ :३९ मा देवी विसर्जनको साइत रहेको छ। यस पटक दसैं कार्तिक २ गते परेको छ।

आइआइएमएसको मेला

आइआइएमएस कलेजले दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभल मनाएको छ । कार्यक्रममा नेपालका सातवटै प्रदेशका पारम्परिक भोजन समावेश गराइएको कलेजले जनाएको छ।

दसैंलाई ३५ सय खसी–बोका भित्रिए

उपत्यकामा ३५ सयको हाराहारीमा खसी–बोका भित्रिएका छन् । चाडवाडमा उपभोक्ताहरूलाई सहजरूपमा मासु उपलब्ध गराउन खसी–बोकाहरू भिœयाएको चौपाया खरिद–बिक्री संघका संरक्षक दीपक थापाले बताए।

दसैं नजिकिँदै जाँदा महङ्गी बढ्यो, बजार अनुगमन भएन

चाडबाडको मुखमा मूल्य वृद्धि भएपछि उपभोक्ता मर्कामा परेका छन्। जिल्लामा खाद्य, लत्ताकपडा तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सर्वसाधारण मर्काका परेका छन्।

आजबाट दसैंका नोट साटिने

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आज (आइतबार) बाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।

मनको चचहुई

प्रत्येक वर्ष आवृत्त हुन्छ शारदीय सौन्दर्य । छरिन्छ मनमनमा समयको एकखाले आकर्षण । प्रकृतिको यही अनुक्रमसँगै जोडिएर आउँछ दसैँ । नेपाली मनका लागि सबैभन्दा ठूलो सांस्कृतिक उत्सवका रूपमा छुट्टै आकर्षण छ दसैँको । ग्रामीण परिवेशको दसैँ बिम्ब अझै उल्लेख्य लाग्छ मलाई ।

घरका आँखामा गाजल

उहिले र अहिलेको दसैं । पर्व उही, अनुभूति फरक । दसैैंप्रतिको आशक्ति अहिलेका बच्चामा पनि कम त देखिन्न । तर, ऊबेलाको तुलनामा निकै फिक्का र सतही ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्