coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नगरबासीले दिएको पदको दुरुपयोग गर्दिनँः मेयर यादव

'गत स्थानीय चुनावमा म माथि विश्वास गरेर प्रतिद्वन्द्वी भन्दा १८ सय मत बढी दिएर नगरबासीले जुन आशा र भरोसा देखाइएको छ, त्यो कहिले टुट्न दिँदैनाैं, उनले भने। विगत पाँच वर्षको कार्यकालमा पूर्व मेयरले गरेको काम भन्दा आफ्नो कार्यकालमा दस गुणा बढी गर्ने नगरबासीसँग प्रतिबद्धता जनाए।

संसदीय निर्वाचन, सुनसान छन् गाउँका चौतारा

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल सहरका चोक तथा चिया पसलमा तातेका बेला गाउँबस्तीका चौतारा तथा चिया पसल भने सुनसान छन्। गाउँघरका नेताहरू आफू समर्थकको टिकटका लागि सहर छिरेका छन् भने किसान खेतीपातीकै धन्दामा लागेकाले गाउँका चोकचौतारा सुनसान बनेका हुन्।

दलहरुले बुझाए बन्द सूची

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ। नेकपा एमालेले यसपटक संघीय संसदमा समानुपातिकतर्फ नयाँ र युवा अनुहारहरूलाई समेटेको छ। नेकपा माओवादी केन्द्रले सोमबार समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

संसदको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता, संशोधन प्रस्ताव सरकारद्वारा स्वीकार

सरकारले प्रतिनिधिसभामा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको थियो। उक्त विधेयकमा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो।

प्रत्यक्षबाट किन पछि हटे निधि ?

माओवादी केन्द्रसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कांग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्कजस्तै देखिएका बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने निधो गरेका हुन्।

‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियता

सरकारप्रति असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै कारण मुलुकको आर्थिक अवस्था निकै कमजोर बन्न पुगेको गुनासो गरेकी छन्।

प्रतिनिधिसभापछि मात्र प्रदेशमा प्रवेश गर्ने

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलले गठन गरेको कार्यदलमा संख्यामा सहमति जुट्न सकेन।

बाँकेमा चुनावी चहलपहल सुरू

राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ।

सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्।

मंसिर ४ गते एकै चरणमा चुनावः समृद्धिको जनचाहना अधुरै, अस्थिरतामै बित्यो पाँच वर्ष

२०७४ सालको निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। तर झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन नेकपामा उत्पन्न आन्तरिक विवादको मार जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा पर्दा मुलुक सरकार गठन र विघटनको दुष्चक्रमा फस्न पुग्यो।

मंसिर ४ मा निर्वाचन गराउन गठबन्धनको सुझाव

सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।

सबैलाई समेटेर अघि बढ्न देउवालाई सुझाव

नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको एकतालाई अझ मजबुत बनाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

मिति नै घोषणा नभए पनि कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारले तयारी थालेका बेला कांग्रेसले भने निर्वाचन तयारीमा कुनै पहल थालेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्